बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने

शुक्रबार, ०९ श्रावण २०८२खेलपाटी संवाददाता
विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने
Classic Tech Internet Ad

काठमाडौं। सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११:०० बजे सिंगापुर प्रस्थान गर्ने छ।

प्रतियोगितमा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन्। पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी श्रेष्ठले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन्। 

महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन्। व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन्।

जुलाइ ११ देखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ। नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन्। जुलाइ २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १ सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २ सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ। 

जुलाइ ३० मा इर्भिनले १ सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले १ सय मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। टोली अगष्ट ४ तारिखमा स्वदेश फर्किने छ। टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे।

सो अवसरमा सदस्य–सचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न सुझाए। अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीबाट कम्तीमा २ राष्ट्रिय कीर्तिमानको अपेक्षा गरेको बताउदै पौडीको विकास र विस्तारमा अभिभावकले पु¥याएको योगदानको प्रशंसा गरे।

मुख्य प्रशिक्षक कार्कीले प्रतियोगिताले २० औं एसियाली खेलकुदको तयारीमा पनि मद्दत पुग्ने बताउदै खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने