बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

पौडीमा विश्व कीर्तिमान बनाउन ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस

बिहिबार, १५ श्रावण २०८२खेलपाटी संवाददाता
पौडीमा विश्व कीर्तिमान बनाउन  ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस
Classic Tech Internet Ad

काठमाडौं। क्यानडाकी पौडी खेलाडी समर म्याकइन्टसले सिंगापुरमा जारी विश्व च्याम्पियनसिपमा २०० मिटर बटरफ्लाई जित्दै तेस्रो स्वर्ण पदक आफ्नो नाममा लेखाएकी छन्।

जित हात पार्दा उनी विश्व कीर्तिमाननजिक पुगेकी थिइन्। १८ वर्षीया म्याकइन्टसले २ मिनेट ०१.९९ सेकेन्डमा दूरी पूरा गर्दै रेस जितिन्। सन् २००९ मा चिनियाँ पौडीबाज लिउ जिजेले बनाएको २ मिनेट ०१.८१ को विश्व कीर्तिमान भने उनले ०.१८ सेकेन्डले गुमाइन्। यो समय विश्व इतिहासमा दोस्रो छिटो हो।

‘हामी विश्व कीर्तिमान तोड्ने उद्देश्यसहित तयारी गरिरहेका थियौं,’ म्याकइन्टसले भनिन्, ‘आज अलिकति चुकिए पनि व्यक्तिगत रूपमा सर्वश्रेष्ठ समय आएकोमा खुसी छु। स्वर्ण जितेकोमा पनि गर्व लागेको छ। अब अझ मिहिनेत गरेर अगाडि बढ्नेछु।’

अमेरिकी रेगन स्मिथ दोस्रो भइन् (२ मिनेट०४.९९) भने अस्ट्रेलियाकी एलिजाबेथ डेकार्स तेस्रो भइन् (२ मिनेट०६.१२)। चीनकी १२ वर्षीया यू जिडी २ मिनेट ०६.४३ को समयमा चौथो स्थानमा रहिन्।

म्याकइन्टसले यसअघि ४०० मिटर फ्रिस्टाइल र २०० मिटर व्यक्तिगत मेड्ले पनि जितिसकेकी छिन्। अब उनी ८०० मिटर फ्रिस्टाइलमा अमेरिकी महान खेलाडी केटी लेडेकीसँग प्रतिस्पर्धा गर्दैछिन्। लेडेकी चार पटककी ओलम्पिक स्वर्ण विजेता र यो स्पर्धाको विश्व कीर्तिमान राख्ने खेलाडी हुन्। 

तर, म्याकइन्टसले गत महिना यो स्पर्धामा इतिहासकै तेस्रो छिटो समय निकालेकी थिइन्। यसैबीच, चीनकी १२ वर्षीया यू जिडीले प्रतियोगितामा उल्लेखनीय प्रभाव छाडेकी छन्। उनले आफ्नो सबभन्दा बलियो मानिएको स्पर्धा २०० मिटर व्यक्तिगत मेड्लेमा पनि चौथो स्थान हात पारिन्। 

उनले यदि त्यो इभेन्टमा कांस्य जितेकी भए सन् १९७३ बाट सुरु भएको विश्व च्याम्पियनसिपमा सबैभन्दा कान्छी पदक विजेता बन्ने थिइन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने