शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Loading ad...
Bhat Bhateni Supermarket Ad

पौडीमा विश्व कीर्तिमान बनाउन ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस

बिहिबार, १५ श्रावण २०८२खेलपाटी संवाददाता
पौडीमा विश्व कीर्तिमान बनाउन  ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस
Loading ad...
mustang rice ad

काठमाडौं। क्यानडाकी पौडी खेलाडी समर म्याकइन्टसले सिंगापुरमा जारी विश्व च्याम्पियनसिपमा २०० मिटर बटरफ्लाई जित्दै तेस्रो स्वर्ण पदक आफ्नो नाममा लेखाएकी छन्।

जित हात पार्दा उनी विश्व कीर्तिमाननजिक पुगेकी थिइन्। १८ वर्षीया म्याकइन्टसले २ मिनेट ०१.९९ सेकेन्डमा दूरी पूरा गर्दै रेस जितिन्। सन् २००९ मा चिनियाँ पौडीबाज लिउ जिजेले बनाएको २ मिनेट ०१.८१ को विश्व कीर्तिमान भने उनले ०.१८ सेकेन्डले गुमाइन्। यो समय विश्व इतिहासमा दोस्रो छिटो हो।

‘हामी विश्व कीर्तिमान तोड्ने उद्देश्यसहित तयारी गरिरहेका थियौं,’ म्याकइन्टसले भनिन्, ‘आज अलिकति चुकिए पनि व्यक्तिगत रूपमा सर्वश्रेष्ठ समय आएकोमा खुसी छु। स्वर्ण जितेकोमा पनि गर्व लागेको छ। अब अझ मिहिनेत गरेर अगाडि बढ्नेछु।’

अमेरिकी रेगन स्मिथ दोस्रो भइन् (२ मिनेट०४.९९) भने अस्ट्रेलियाकी एलिजाबेथ डेकार्स तेस्रो भइन् (२ मिनेट०६.१२)। चीनकी १२ वर्षीया यू जिडी २ मिनेट ०६.४३ को समयमा चौथो स्थानमा रहिन्।

म्याकइन्टसले यसअघि ४०० मिटर फ्रिस्टाइल र २०० मिटर व्यक्तिगत मेड्ले पनि जितिसकेकी छिन्। अब उनी ८०० मिटर फ्रिस्टाइलमा अमेरिकी महान खेलाडी केटी लेडेकीसँग प्रतिस्पर्धा गर्दैछिन्। लेडेकी चार पटककी ओलम्पिक स्वर्ण विजेता र यो स्पर्धाको विश्व कीर्तिमान राख्ने खेलाडी हुन्। 

तर, म्याकइन्टसले गत महिना यो स्पर्धामा इतिहासकै तेस्रो छिटो समय निकालेकी थिइन्। यसैबीच, चीनकी १२ वर्षीया यू जिडीले प्रतियोगितामा उल्लेखनीय प्रभाव छाडेकी छन्। उनले आफ्नो सबभन्दा बलियो मानिएको स्पर्धा २०० मिटर व्यक्तिगत मेड्लेमा पनि चौथो स्थान हात पारिन्। 

उनले यदि त्यो इभेन्टमा कांस्य जितेकी भए सन् १९७३ बाट सुरु भएको विश्व च्याम्पियनसिपमा सबैभन्दा कान्छी पदक विजेता बन्ने थिइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ