भलिबल खेलाडी रवीन अस्ट्रेलिया पलायन
शुक्रबार, ०६ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका सदस्य रवीन चन्दठकुरी सुन्दर भविष्यको खोजिमा अस्ट्रेलिया पलायन भएका छन्।
उनी शुक्रबार बिहान अस्ट्रेलियाका लागि उडेका हुन्। रविनले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका थिए।
उनले हेल्प नेपाल स्पोर्ट्स क्लबबाट काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप पनि खेलेका थिए। फुटबलमाजस्तै पछिल्लो समय भलिबलका खेलाडी पनि पलायन हुनेक्रम जारी छ।
नेपाली पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठ र हेमन्त मल्ल अस्ट्रेलियामै छन्। नेपाली महिला राष्ट्रिय टोली तथा एपिएफका सरस्वती चौधरी र कविता पनि अस्ट्रेलियामै छन्।






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


