बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने

मंगलबार, १० भाद्र २०८२खेलपाटी संवाददाता
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
Classic Tech Internet Ad

काठमाडौं । नेपालका ६ खेलाडीले श्रीलंमा हुने एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप खेल्ने भएका छन् ।

एशिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने एशिया–प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो मोटरस्पोर्टस्को प्रतियोगिता हो । सन् २०२३ मा मलेसियाको सेपाङ अन्तर्राष्ट्रिय सर्किटबाट सुरु भएको यस च्याम्पियनसिपको दोस्रो संस्करण २६–२८ सेप्टेम्बर, २०२५मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा आयोजना हुँदैछ ।

युवा प्रतिभा र उदाउँदै गरेका मोटरस्पोर्टस् राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव र अवसर प्रदान गर्ने लक्ष्य लिएको यस प्रतियोगितामा एशिया प्यासिफिक क्षेत्रका विभिन्न देशका राष्ट्रिय टिमले अटो–जिमखाना, क्रस–कार अटोक्रस, कार्टिङ स्प्रिन्ट, कार्टिङ एन्डुरेन्स, कार्टिङ स्लालम, र ई–स्पोट्र्स जस्ता विधाहरूमा प्रतिस्पर्धा गर्नेछन् । 

अन्तर्राष्ट्रिय अटोमोवाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेण्डरमा इन्टरकन्टिनेन्टल गेम्सको मान्यताप्राप्त यस प्रतियोगितामा अटो–जिमखाना, क्रस–कार अटोक्रस तथा ई–स्पोट्र्स विधामा नेपालबाट आशिष भारती, राजकुमार कार्की, बिपास्ना तामाङ, जय प्रताप मास्के, रबिन सुनवार र रोशन अधिकारी गरी ६ खेलाडी सहभागी हुदैछन् ।  

टिम म्यानेजर तथा मार्सल र ट्रेनिङ्ग कमिसनका सचिव आशिस रौनियार यस टिम सबै च्याम्पियनले बनेका र त्यही अनुसारको अभ्यास पनि गर्ने बताए ।

उनी भन्छन् “ विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सबै खेलाडी आएका छन् । नासा नेपालले खेलाडीहरुलाई सक्दो सहयोग गर्नेछ । हाम्रो खेलाडीहरुले श्रीलङ्कामा पक्कै नै राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छौँ ।”

नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई भन्छन्, “सन् २००८ मा नेपाल अटोमोवाइन्स एसोसिएसन (नासा नेपाल)को स्थापना पश्चात नेपाली मोटरस्पोर्टस्का पारखीहरुलाई ट्रयाकमा उभ्याउन शुरु भयो । सन् २०११ को डिसेम्वरमा नासा नेपालले अन्तर्राष्ट्रिय अटोमोवाइल्स फेडेरेसन (एफआईए) र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम) को सदस्यता लिएपछि भने नेपाली ड्राइभर र राइडरको अन्तार्राष्ट्रिय रेसिङ्ग यात्रा शुरु भएको हो । हालसम्म पचासौ नेपाली ड्राइभर र राइडरले एशियाली र विश्वस्तरका प्रतिस्पर्धामा भाग लिएका छन्, तर ४ वटा इभेन्टमा मात्र पोडीएम पुग्ने अवसर मिलेको छ । अब त्यो क्रमले गति लैजाला भन्ने अपेक्षा गर्न साकिन्छ ।”
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने