एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने
आइतबार, २९ भाद्र २०८२Admin User

काठमाडौं। स्थगित एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
पोखरामा भइरहेको लिगका१६ मध्ये ९ खेल सम्पन्न भइसकेका थिए। तर, ८ सेप्टेम्बरदेखि काठमाडौंलगायत देशका अधिकांश स्थानमा जेनजी प्रदर्शन सुरु भएपछि लिग स्थगित गरिएको थियो। अब बाँकी ७ खेल हालको अंक तालिकाबाट मिति तोकेर आगामी दिनमा निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत (सीइओ) स्नेभी चापागाईंले जानकारी दिइन्।
उनले भनेकी छन्,‘यी खेलहरू पुनः सुरु गर्ने मिति नेपाल भलिबल संघ, हाम्रा ६ फ्रेन्चाइजी र प्रायोजकसँग मिलेर तय गरिनेछ, जसमा सुरक्षा र उपयुक्ततालाई प्राथमिकता दिइनेछ। नयाँ मिति र व्यवस्थापनबारे जानकारी अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ।’






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


