शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

बुधबार, २९ आश्विन २०८२Admin User
कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित
Loading ad...
mustang rice ad

काठमाडौं। एसिया र अफ्रिका क्षेत्रबाट थप चार देशले २०२६ फिफा विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेका छन्। एसियाबाट कतार र साउदी अरब भने अफ्रिकाबाट सेनेगल र आइभरी कोस्टले टिकट पक्का गरेका हुन्।

मंगलबार राति भएको विश्वकप छनोट खेलमा कतारले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २–१ ले पराजित गर्‍यो। साउदी अरबले इराकसँग गोलरहित बराबरी खेल्दै पनि विश्वकप स्थान सुरक्षित गर्‍यो।

२०२२ मा आयोजक राष्ट्रको रूपमा सिधै खेल्ने मौका पाएको कतारले यसपटक पहिलोपटक छनोट चरणबाटै विश्वकपको मुख्य चरणमा प्रवेश गरेको हो। समूह ‘ए’ को अन्तिम खेलमा यूएईलाई हराउँदै कतार समूह विजेता बन्यो।

खेलको अन्तिमतिर कतारका एक खेलाडी रातो कार्ड पाएर टोली १० जनामा झरेको थियो। थपिएको १५ मिनेटको अतिरिक्त समयमा यूएईले एक गोल फर्काएको भए पनि बराबरी गर्न सकेन। बराबरी हुँदा अंक र गोल दुवै बराबर हुने स्थिति थियो।

त्यसै दिन साउदी अरबले इराकसँग ०–० को बराबरी गर्दै समूह ‘बी’ को विजेता बनेर विश्वकपमा स्थान सुरक्षित गर्‍यो। यससँगै साउदीले लगातार सातौं पटक विश्वकप खेल्ने मौका पाएको छ।

इराकले भने सन् १९८६ पछि विश्वकपमा फर्किने अवसर गुमायो। तर, उनीहरूका लागि ढोका अझै बन्द छैन। नोभेम्बरमा यूएईविरुद्ध हुने प्लेअफ जितेमा उनीहरूले अन्तर–संघीय प्लेअफमा खेल्ने मौका पाउनेछन्।

अफ्रिका क्षेत्रबाट सेनेगल र आइभरी कोस्टले पनि विश्वकप प्रवेश पक्का गरेका छन्। साडियो मानेको दुई गोलसहित सेनेगलले माउरिटानियालाई ४–० ले पराजित गर्दै समूह ‘बी’ विजेता बन्यो। १० खेलमा २४ अंकसहित सेनेगलले डेमोक्रेटिक रिपब्लिक अफ कंगोभन्दा दुई अंकले अघि रहेर छनोट चरण समाप्त गर्‍यो।

त्यसैगरी समूह ‘एफ’ मा आइभरी कोस्टले केन्यालाई ३–० ले हराउँदै १० खेलमा २६ अंकसहित शीर्ष स्थान सुरक्षित गर्‍यो। यदि आइभरी कोस्ट हारेको भएको भए ग्याबनले टिकट पाउने सम्भावना थियो, तर त्यस अवसर पनि टुट्यो।

यसै दिन दक्षिण अफ्रिकाले पनि विश्वकपमा स्थान पक्का गरेको छ। सन् २०१० मा आयोजकका रूपमा खेलेको दक्षिण अफ्रिकाले यसपटक छनोटबाटै योग्यता हासिल गरेको हो।

यसअघि युरोप क्षेत्रबाट इंग्ल्यान्डले सबैभन्दा पहिले विश्वकपको टिकट पक्का गरिसकेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने