फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा
शुक्रबार, ३१ आश्विन २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोली फिफा वरीयतामा पछिल्ला ९ वर्षपछि सबैभन्दा कमजोर स्थितिमा पुगेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ४ स्थान तल झर्दै १८०औं स्थानमा पुगेको हो।
अघिल्लो महिनामा नेपाल १७६औं स्थानमा थियो। यो २०१६ डिसेम्बरपछि नेपालको सबैभन्दा खराब वरीयता हो।
त्यतिखेर नेपाल १८१औं स्थानमा पुगेको थियो। नेपाली टोलीले पछिल्लो समय राम्रो प्रदर्शन देखाउन सकेको छैन।
एएफसी एसियन कप छनोटका सबै चार खेलमा पराजित भएको नेपालले वरीयतामा आफूभन्दा तल रहेको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पनि गोलरहित बराबरी खेलेको थियो।






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





