भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

काठमाडौं। केही दिनअघि फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा शीर्ष स्थानमा रहेका क्रिस्टियानो रोनाल्डो फेरि अर्को सूचीमा पनि अग्रस्थानमा उक्लिएका छन्।
यसपटक उनले स्पोर्ट्स प्रोले प्रकाशन गरेको विश्वका ५० जना सबैभन्दा बजारयोग्य खेलाडीको सूचीमा पहिलो स्थान हासिल गरेका छन्।
युनाइटेड किङ्डममा आधारित खेल व्यवसायसम्बन्धी मिडिया स्पोर्ट्स प्रोले यो सूची तयार गर्न तीन मुख्य मापदण्ड ब्रान्ड शक्ति, बजार प्रभाव (टोटल एड्रेसेबल मार्केट) र आर्थिक मूल्यांकनलाई आधार बनाएको थियो। यसमा खेलाडीहरूलाई १०० अंकमा मूल्याङ्कन गरिएको थियो।
यस वर्षको सूचीमा शीर्ष चार स्थानमा कुनै पनि फुटबलर छैनन्। तर, शीर्ष १० मा दुई जना फुटबलर परेका छन्। सूचीको पाँचौं स्थानमा र फुटबलरमध्ये शीर्षमा छन् ४० वर्षका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो। उनी गत वर्षको तुलनामा चार स्थान माथि उक्लिएका हुन्।
केही हप्ता अघि फोर्ब्सको सर्वाधिक आम्दानी गर्ने फुटबलर सूचीमा पनि उनी नै पहिलो थिए। उनको पछिल्ला स्थानमा छन् ब्राजिलियन स्टार नेयमार जुनियर। चोटका कारण मैदानबाट टाढा रहे पनि बजारमा उनको प्रभाव अझै बलियो छ।
सूचीमा रवर्ट लेवान्डोव्स्की ११औं स्थानमा (फुटबलरमध्ये तेस्रो), किलियन एम्बाप्पे १३औं र भिनिसियस जुनियर १४औं स्थानमा छन्। २०२० र २०२३ मा यही स्पोर्ट्स प्रोको विश्वकै बजारयोग्य खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका लिओनल मेसी यसपटक १६औं स्थानमा झरेका छन्। उनी अघिल्लो वर्षको तुलनामा ११ स्थान तल झरेका हुन्।
शीर्ष ५० भित्र बुकायो साका (१९औं), लामिन यमल (२३औं), ह्यारी केन (२८औं), राफिन्हा (३०औं), मार्कस रासफोर्ड (३२औं), आश्राफ हाकिमी (३४औं), अलेक्सिया पुतेल्यास (३६औं), मोहम्मद सलाह (४३औं), रोड्रिगो (४४औं), जामाल मुसियाला (४५औं), बेथ मिड (४६औं) र डानी ओल्मो (४९औं) छन्।
तर, यो सूचीमा एर्लिङ हालान्ड, जुड बेलिङहम, किभिन डि ब्रुइन र कोल पाल्मरजस्ता चर्चित फुटबलरको नाम अटाएको छैन। यस वर्षको समग्र सूचीमा सबैभन्दा बजारयोग्य खेलाडी बनेका छन्, ब्रिटिश फर्मुला–वान चालक लुइस ह्यामिल्टन।
गत वर्ष शीर्ष स्थानमा रहेकी अमेरिकी जिम्नास्ट सिमोन बाइल्स यसपटक दोस्रो स्थानमा झरेकी छन्। तेस्रो स्थानमा अमेरिकी रग्बी खेलाडी इलोना माहेर र चौथो स्थानमा अमेरिकी बास्केटबल स्टार स्टीफन करी छन्।






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





