शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

शनिबार, ०८ कार्तिक २०८२खेलपाटी संवाददाता
रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’
Loading ad...
mustang rice ad

काठमाडौं। ब्राजिलियन युवा खेलाडी एन्ड्रिकले यस सिजन अहिलेसम्म रियल मड्रिडको जर्सीमा मैदान उत्रिने मौका पाएका छैनन्। तर, प्रशिक्षक जाभी अलोन्सोले उनलाई छिट्टै नै खेल्ने अवसर दिइने बताउँदै धैर्य गर्न सल्लाह दिएका छन्।

२०२४ मा एन्ड्रिकले रियलसँग ६ वर्षको सम्झौता गरेका थिए। ‘वन्डर किड’को रूपमा चर्चित उनले त्यसपछि आफ्नो करिअरमा धेरै उतारचढाव भोगेका छन्।

चोटका कारण लामो समय मैदान बाहिर बिताए र फर्किएपछि पनि धेरैजसो समय बेन्चमै बस्नुपर्‍यो। पूर्वप्रशिक्षक कार्लो एन्सेलोटीको समयमा उनले केही खेल्ने मौका पाए पनि नयाँ प्रशिक्षक अलोन्सोको नेतृत्वमा अहिलेसम्म मैदानमा उत्रन पाएका छैनन्।

क्लब विश्वकपमा चोट बोकेका एन्ड्रिक यो सिजनको सुरुदेखि रियलको स्क्वाडमा छन्। क्लबले उनलाई लिएर ठूलो अपेक्षा राखेको छ। यो सिजन उनले रियलको प्रसिद्ध नम्बर ९ जर्सी पनि पाएका छन्।

यद्यपि, पूर्ण रूपमा फिट भए पनि उनले अझै प्रशिक्षकको विश्वास जित्न सकेका छैनन्। यहीबीच स्पेनी मिडियाले खेल्ने समय नपाएकाले एन्ड्रिक क्लब छोड्ने सोचमा रहेको समाचार प्रकाशित गरेका छन्। उनको लक्ष्य भनेको २०२६ को विश्वकपमा ब्राजिलको टोलीमा स्थान बनाउनु हो।

तर, प्रशिक्षक अलोन्सोले उनलाई अहिले हतार नगर्न आग्रह गरेका छन्। उनले भने,‘रियलमा सबै खेलाडी खेल्ने अवसर खोज्छन्। विशेष गरी युवा खेलाडीहरू निकै उत्साहित हुन्छन्। तर, प्रत्येक खेल परिस्थितिमा निर्णय गर्नुपर्छ। अहिले एन्ड्रिकलाई खेल्ने अवसर दिन कठिन छ। उसले धैर्य राख्नुपर्छ र सधैं तयार रहनुपर्छ। उसले बुझ्नुपर्छ कि ऊ रियलमा छ। उसका लागि समय अवश्य आउनेछ।’

आइतबार ला लिगाको एल क्लासिकोमा रियल र बार्सिलोना भिड्ने छन्। तर, खेलको महत्व हेर्दा यस पटक पनि एन्ड्रिकको मैदानमा उत्रने सम्भावना कम रहेको अनुमान गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने