पहिलो खेलमै मणिसम्मिलित पारो पराजित
शनिबार, ०८ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर मणिकुमार लामासम्मिलित पारो एफसी एएफसी च्यालेन्ज लिगको पहिलो खेलमै पराजित भएको छ।
शनिबार सम्पन्न पहिलो खेलमा ओमानको अल–सबहा क्लबसँग १–० ले पराजित भएको हो। सबहाका कनान मार्कनेहले गरेको एक मात्रै गोल खेलमा निर्णायक बन्यो।
उनले २६औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। जितसँगै समूह ‘ए’मा रहेको सबहाले ३ अंक बटुलेको छ। अब पारोले २८ अक्टोबरमा तुर्कमेनिस्तानको अल्टिन असिर एफसी र ३१ अक्टोबरमा किर्गिस्तानको एफसी अब्दिश–अतासँग खेल्ने छ।






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





