टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

काठमाडौं। एउटै टेस्टमा ओपनरहरूले चार शतक बनाएको उदाहरण यसअघि पनि छन्। तर, ती दुवै टोलीको मिलेर बनेको थियो। यदि एउटै टोलीका ओपनरहरूको कुरा गर्ने हो भने यसअघिसम्म यस्तो कुनै उदाहरण थिएन।
यही कारण माउन्ट मंगानुई टेस्टमा डेभन कन्वे र टम ल्याथमका चार शतक इतिहासमा लेखिएका छन्।
वेस्ट इन्डिजविरुद्ध यी चार शतकमध्ये कन्वेले एउटा दोहोरो शतक बनाएका हुन्। पहिलो इनिङ्समा उनले २२७ रन बनाए।
यसक्रममा उनले ३६७ बलमा ३१ चौका प्रहार गरे। ल्याथमले भने २४६ बलमा १५ चौका र १ छक्कासहित १३७ रन जोडे। आइतबार दोस्रो इनिङ्समा कन्वेले १३९ बलमा ८ चौका र ३ छक्कासहित १०० रन बनाए।
ल्याथमले भनरे ९ बल कम खेल्दै ९ चौका र २ छक्कासहित १०१ रन बनाए।
क्रिकइन्फोका अनुसार टेस्ट मात्र होइन, प्रथम श्रेणी क्रिकेटमा पनि एउटै टोलीका दुई ओपनरले चार शतक बनाएका छैनन्। पहिलो इनिङ्समा ५७५ रन बनाएको न्यूजिल्यान्डले वेस्ट इन्डिजलाई ४२० रनमा अलआउट गर्यो।









-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)



