दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल जित गुमायो
आइतबार, ०४ माघ २०८२

काठमाडौं। दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल साफ फुटसल च्याम्पियनसिपमा भारतसँग बराबरीमा रोकिएको छ।
नेपालले ३–३ को बराबरी खेलेको हो। योसँगै दुवै टोलीले दुई खेलबाट ४ अंक पुर्याएका छन्। खेलको पाँचौं मिनेटमा व्रिकान्त नरसिंह रानाले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको एक मिनेटपछि नै लाल्ट्लुआङ्जेलाले खेल बराबरीमा ल्याए।
२५औं मिनेटमा अमित लामाले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए।
तर, ३९औं मिनेटमा अनमोल अधिकारीले भारतलाई खेलमा फर्काए। त्यसको पाँच मिनेटपछि निखिल राजेन्द्र मालिको गोलमार्फत भारतले ३–२ को अग्रता लियो।
तर, केही सेकेन्डमै विजय श्रेष्ठले गोल गर्दै नेपाललाई हारबाट जोगाए।













-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)