फाइनलमा पुग्यो न्यू डायमन्ड
मंगलबार, १३ माघ २०८२खेलपाटी संवाददाता

पोखरा। न्यू डायमन्ड स्पोट्स क्लब छैटौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न दोस्रो खेलमा विभागी टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमन्ड उपाधिनजिक पुगेको हो।
न्यू डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो। डायमन्ड ३ खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो। अब एपीएफ, थाइल्यान्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन्। पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको छ।
यसअघि आजै भएको खेलमा थाइल्यान्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो। थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो।






-1773230362276.jpg&w=3840&q=75)








-1775135248307.webp&w=3840&q=75)
