फेरि नेपालले हङकङसँग नेपालले खेल्ने
बुधबार, १३ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै दर्शकलाई उत्साहित पार्ने तयारी गरेको छ।
एन्फाले १२ चैतमा दशरथ रंगशालामा नेपाल राष्ट्रिय पुरुष फुटबल टोली र हङकङलाई खेलाउन लागेको हो। यो खेल अन्तर्राष्ट्रिय विन्डो अनुसार हुनेछ।
यी दुई टोली तेस्रोपल्ट भिड्न लागेका हुन्। नेपालले ३७ वर्षपछि ५ जुन २०२५ मा हङकङसँग खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।
त्यसअघि यी दुई टोली एएफसी एसिया कप छनोटमा भिडेका थिए। उक्त खेल पनि गोलरहित बराबरीमा सकिएको थियो।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


