‘बार्सिलोनामा ल्याउनेछौं च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

काठमाडौं। बार्सिलोनालाई करिब ११ वर्षपछि पुन: च्याम्पियन्स लिगको उपाधि उचाल्ने दाबेदार टोली मानिएको थियो।
तर, क्वार्टरफाइनलमा मंगलबार एट्लेटिको मड्रिडसँग २–१ को जित निकाले पनि अघिल्लो साता घरेलु मैदानमा २–० ले पराजित भएको कारण समग्र नतिजाको आधारमा अघि बढ्न सकेन।
तर, उक्त खेलमा ज्यान दिएर खेलेका १८ वर्षीय लामिन यमलले हार नमानेर एक दिन क्लबका लागि उक्त उपाधि जित्ने आफ्नो वाचा फेरि दोहोर्याएका छन्। ‘हामी बार्सा हौं र फेरि आफ्नो स्थानमा फर्कनेछौं। मानिसले गरेको वाचा पूरा गर्नुपर्छ भनेर मेरो आमाबुबाले सिकाउनुभएको छ। हामी ट्रफी बार्सिलोनामा ल्याउनेछौं,’ उनले इन्स्टाग्राममा लेखेका छन्।

बार्सिलोनाले अन्तिम पटक सन् २०१५ मा लिओनल मेसीको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिग जितेको थियो। त्यसयता बार्सिलोनाले उपाधि हात पार्न सकेको छैन।
तर, क्लब लगातार दोस्रो सिजन सेमिफाइनल पुग्ने लक्ष्यमा थियो। त्यसमा पनि स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनालाई चौथो स्थानमा रहेको एट्लेटिकोले खेलमा फर्किन दिएन।
‘हामीले सक्दो प्रयास गर्यौं, तर पर्याप्त भएन। यो यात्राको एउटा भाग हो। शिखरमा पुग्न संघर्ष गर्नुपर्छ। सजिलो हुने छैन, तर हार मान्ने विकल्प छैन,’ उनी भन्छन्।

मंगलबारको खेलमा उनले एक गोल गरेका थिए। यसअघि २०२५ को सेमिफाइनलमा इन्टर मिलानसँग हार्दा पनि उनले ‘वाचा पूरा नगरेसम्म रोकिन्नँ’ भनेका थिए।
यमलले आफ्नो इन्स्टाग्राम प्रोफाइलमा अझै पनि २०१६ मा क्लिभल्यान्ड क्याभालियर्सले ३–१ को नतिजा उल्टाएर जित्दा लेब्रोन जेम्सले ट्रफी समातेको तस्वीर राखेका छन्। यसलाई उनले प्रेरणाका रूपमा लिएका छन्।
‘हामीसँग उत्साहित हुने धेरै कारण छन्। हामी पूरा ताकतका साथ अगाडि बढिरहेका छौं। हरेक गल्तीबाट सिक्नेछौं,’ उनी भन्छन्।
स्पेनिस लिगमा ३१ खेलपछि बार्सिलोना रियल मड्रिडभन्दा ९ अंकले अगाडि छ। टोलीको ३१ खेलबाट ७९ र रियलको समान खेलबाट ७० अंक छ। एट्लेटिको भने ५७ अंकसहित चौथो स्थानमा छ।
बार्सिलोनाले अब अर्को खेल सेल्टा भिगोविरुद्ध खेल्नेछ। यो टोली ४४ अंकसहित छैटौं स्थानमा छ।







-1776311430548.webp&w=3840&q=75)


-1776324756993.png&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)
