मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !
-1776324756993.png&w=3840&q=75)
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २४औं खेलमा बिहीबार मुम्बई इन्डियन्सले पञ्जाब किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।
खेल मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ भने टस ७:१५ बजे हुनेछ। यस सिजन यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन्।
अघिल्लो सिजनमा यी दुई टोली दुई पटक भिडेका थिए। दुवै खेलमा पञ्जाबले जित निकालेको थियो। पञ्जाब यस सिजन चारमध्ये तीन खेल जितेर दोस्रो स्थानमा छ।

यो खेलमा जित हासिल गरे शीर्षस्थानमा पुग्ने अवसर छ। पञ्जाबको कोलकाताविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। अर्कोतर्फ मुम्बईले चारमध्ये एक खेल जितेको छ।
मुम्बई र पञ्जाबबीच आईपीएलमा प्रतिस्पर्धा निकै देखिएको छ। हालसम्म दुवै टोलीबीच कुल ३४ खेल भएका छन्, जसमा मुम्बईले १७ र पञ्जाबले १६ खेल जितेका छन्।
एक खेल बराबरी भएको थियो। यस खेललाई सुपर ओभरमा पञ्जाबले जितेको थियो। वानखेडे स्टेडियममा भने दुवै टोली १० पटक भिडेका छन्। त्यहाँ दुवैले ५–५ खेल जितेका छन्।

मुम्बईका रोहित शर्मा र शार्दूल ठाकुरले यस सिजन उत्कृष्ट प्रदर्शन गरेका छन्। रोहित शर्माले ४ खेलमा १३७ रन बनाएका छन्, जसमा एक अर्धशतक समावेश छ। उनको स्ट्राइक रेट १६५.०६ रहेको छ। बलिङतर्फ शार्दूल ठाकुरले चार खेलमा ५ विकेट लिएका छन्।
पञ्जाबका श्रेयस अय्यर सबैभन्दा भरपर्दा ब्याट्सम्यान सावित भएका छन्। उनले चार खेलमा १३७ रन बनाएका छन्, जसमा २ अर्धशतक छन्। उनको स्ट्राइक रेट १८७.६७ रहेको छ। बलिङतर्फ विजयकुमार वैशाकले चार खेलमा पाँच विकेट लिएका छन्।







-1774972470258.webp&w=3840&q=75)





-1776311430548.webp&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)
