शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधिले बिर्सिएका एमबाप्पे

शुक्रबार, ०४ बैशाख २०८३खेलपाटी संवाददाता
उपाधिले बिर्सिएका एमबाप्पे
Loading ad...
mustang rice ad

काठमाडौं। करिब दुई वर्षअघि किलियन एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) छोडेर रियल मड्रिडमा सरुवा भएका थिए। उनको मुख्य लक्ष्य च्याम्पियन्स लिग जित्ने थियो।

तर, फ्रान्सका कप्तान र च्याम्पियन्स लिगकै सबैभन्दा सफल क्लब अझै पनि त्यो उपाधिको प्रतीक्षामा छन्। यसैबीच, उनको प्रस्थानलगत्तै पीएसजीले च्याम्पियन्स लिग ट्रफी जित्यो। यो सिजन पनि पीएसजी सेमिफाइनलमा पुगेको छ।

Mbappe-1755656846

बुधबार क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि एमबाप्पेको पहिलो युरोपेली उपाधि जित्ने आशा फेरि समाप्त भयो। इतिहासकै सबैभन्दा चर्चित सरुवामध्ये एक मानिएको एमबाप्पेको आगमनपछि रियल लगातार दोस्रो सिजन ठूलो उपाधिविहीन हुने संघारमा छ।

सन् २०२४ मा यूईएफए सुपर कप र इन्टरकन्टिनेन्टल कप जित्नुबाहेक एमबाप्पेसँग रियलले अन्य सफलता हासिल गर्न सकेको छैन। उनी आएयता स्पेनमा पनि कुनै उपाधि जित्न सकेको छैन।

यस सिजन अब बाँकी रहेको एकमात्र सम्भावना ला लिगा हो। तर, सात खेल बाँकी रहँदा रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ९ अंकले पछाडि छ।

mbappe-to-inherit-number-10-of-modric

एमबाप्पेले गोल गरे पनि केही समर्थकबाट आलोचना खेपिरहेका छन्। च्याम्पियन्स लिगमा पुनः असफल भएपछि उनीमाथिको दबाब अझ बढ्ने देखिन्छ।

च्याम्पियन्स लिग

२०२४–२५ सिजनमा रियलबाट पहिलो पटक खेलेका एमबाप्पेले ७ गोल गरे, जुन शीर्ष स्कोररभन्दा ६ गोल कम थियो। डिफेन्डिङ च्याम्पियन रियल क्वार्टरफाइनलमै इङ्लिस प्रिमियर लिग क्लब आर्सनलसँग पराजित भयो।

यस सिजन भने उनले १५ गोल गर्दै शीर्ष स्कोरर बने। यो रियलकै पूर्वस्टार क्रिस्टियानो रोनाल्डोको एक सिजनमा १७ गोलको कीर्तिमानभन्दा दुई गोल कम हो। बायर्नसँगको ४–३ को हारमा पनि उनले गोल गरेका थिए।

स्पेनिस लिग (ला लिगा)

२०२४–२५ सिजनमा उनले ३१ गोल गर्दै शीर्ष स्कोरर बने। यो क्याटलन बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्कीभन्दा ४ गोल बढी थियो। तर, रियल तालिकामा ४ अंकले पछाडि रह्यो।

यस सिजन पनि उनले २३ गोल गर्दै अग्रता लिएका छन्, जुन मल्लोर्काका वेदात मुरिकी भन्दा २ गोल बढी हो। तर, पछिल्ला खेलमा कमजोर प्रदर्शनले रियल बार्सिलोनाभन्दा पछाडि परेको छ।

कोपा डेल रे

गत सिजन रियल सेमिफाइनलमा रियल सोसिएडाडलाई हराएर फाइनल पुगेको थियो। तर, बार्सिलोनासँग ३–२ ले पराजित भयो। उक्त खेलमा एमबाप्पेले गोल गरेका थिए।

यस सिजन भने दोस्रो डिभिजनको अल्बासेटेसँग अन्तिम १६ मा नै स्तब्ध बन्यो। यो हार प्रशिक्षक जाभी अलोन्सोलाई हटाएर अल्भारो आर्बेलोआलाई नियुक्त गरेलगत्तै भएको थियो।

स्पेनिस सुपर कप

२०२५ को फाइनलमा एमबाप्पेले गोल गरे पनि रियल बार्सिलोनासँग ५–२ ले पराजित भयो। यस सिजन पनि फाइनलमा बार्सिलोनाले ३–२ ले जित्दै रियललाई फेरि हरायो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे