घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

हिमालयन मनोज, लमजुङ। घनपोखरा ब्ल्युले ४४औं नासरकों बजार घनपोखरा कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिताको खुलातर्फको उपाधि जितेको छ।
श्री घनपोखरा युवा क्लब, मर्स्याङ्दी–१ को आयोजनामा लमजुङमा आइतबार सम्पन्न फाइनलमा अरुण मेमोरियललाई ३–२ ले पराजित गरेको हो।
उपाधिसँगै घनपोखराले एक लाख ११ हजार रुपैयाँ हात पार्यो। अरुणले ५० हजार ५५५ रुपैयाँमा चित्त बुझायो।
घनपोखराको जितमा मनोज गुरुङले २ गोल गरे। राजन गुरुङले एक गोल थपे। अरुणका उपेन र सन्दीप गुरुङले गोल गरे।
-1776616507093.jpeg)
खेलको पहिलो हाफको १८ र दोस्रो हाफको नवौं मिनेटमा घनपोखराका मनोजले गोल गरे। राजनले पनि दोस्रो हाफको नवौं मिनेटमै गो ल गरे। अरुणका उपेनले पहिलो हाफको अतिरिक्त समय र सन्दीपले दोस्रो हाफको २२औं मिनेटमा गोल गरे।
भेट्रान्सतर्फ भने आदर्श युथ क्लबले भीम्दाबेसीलाई १–० ले हरायो। आदर्शको जितमा सूर्यमान गुरुङले गरेको गोल नै निर्णाय बन्यो। उनले पहिलो हाफको २३औं मिनेटमा गोल गरेका थिए।










