साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा
बुधबार, ०९ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल साफ महिला च्याम्पियनसिपमा सहज समूहमा परेको छ।
प्रतियोगिता मे २५ देखि जुन ७ सम्म भारतको गोवास्थित फातोर्दा रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा प्रायः उपविजेता बन्दै आएको नेपाल समूह ‘ए’ मा छ। यो समूहमा श्रीलंका र भुटान छ।
श्रीलंका सन् २०१९ पछि सेमिफाइनलमा पुग्न सकेको छैन। भुटान भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०२२ मा भएको प्रतियोगितामा अन्तिम चारमा प्रवेश गरेको थियो।
अर्को समूहमा आयोजक भारतसँगै साबिक विजेता बंगलादेश र माल्दिभ्स छन्। भारत सर्वाधिक पाँचपल्टको च्याम्पियन टोली हो। बंगालादेशले भने २०२२ र २०२४ मा उपाधि जितेको छ।
अब यस संस्करण बंगलादेश ह्याट्रिक गर्ने दाउमा हुनेछ। माल्दिभ्स भने अन्तिमपल्ट २०१६ मा सेमिफाइनलमा पुगेको टोली हो।








-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)
