सन्दीपको वरीयतामा १५ स्थान सुधार
बुधबार, २३ बैशाख २०८३खेलपाटी संवाददाता
-1778080143092.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ओडीआई वरीयतामा १५ स्थान सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा उनले उक्त स्थान सुधार गरेका हुन्।
उनी नयाँ वरीयतामा ४३औं स्थानमा पुगेका छन्। यसअघि उनी ५८औं स्थानमा थिए।
यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीको वरीयता भने खस्किएको छ। उनी चार स्थान झर्दै ६५औं स्थानमा पुगेका छन्।
दीपेन्द्रसिंह ऐरी ८३औं स्थानमा यथावत् रहँदा पेसर करण केसी भने पाँच स्थान खस्किँदै ९०औं स्थानमा पुगेका छन्।












