बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

बिहिबार, २४ बैशाख २०८३खेलपाटी संवाददाता
महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी मे २५ देखि भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने तय छ।

सोही प्रतियोगिता खेल्न मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तिम तयारीलाई तीव्र बनाइरहेको छ।

तर, तयारीकै बीच अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरूलाई मिडियासँग अन्तर्वार्ता दिन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पछिल्ला पाँच दिनदेखि जारी प्रशिक्षणबारे प्रत्यक्ष कुराकानी गर्न मिडियालाई अनुमति नदिने एन्फाले निर्णय गरेको हो।

एन्फा मिडिया प्रमुख शैलेन्द्र अधिकारीले शुक्रबार मिडियालाई रिपोर्टिङ गर्न बोलाएका छन्। तर, खेलाडीहरू अन्तर्वार्ताका लागि उपलब्ध नहुने उनले स्पष्ट पारेका छन्।

अधिकारीले बिहीबार ‘ह्वाट्सएप’ मा पठाएको मेसेजमा भनिएको छ, “राष्ट्रिय महिला टोलीको प्रशिक्षण सत्र शुक्रबार बिहान ८:०० बजे मिडियाका लागि खुला रहनेछ। तर, खेलाडीहरू अन्तर्वार्ताका लागि उपलब्ध हुने छैनन्। आवश्यक प्रश्नहरूको उत्तर प्रशिक्षक टोलीले दिनेछ।”

यसअघि एन्फाले यस्ता ठूला प्रतियोगिता मात्र होइन, मैत्रीपूर्ण खेलका क्रममा पनि खेलाडीहरूलाई मिडियासँग खुलेर बोल्न दिने अभ्यास गर्दै आएको थियो। यो अभ्यास अन्तर्राष्ट्रिय फुटबल पनि छ।

तर, गत वर्ष जुलाईमा उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा कप्तानीसम्बन्धी विवादपछि तत्कालीन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिए। त्यसपछि एन्फाले खेलाडीलाई मिडियासामु बोल्न रोक लगाउँदै आएको छ। त्यतिखेर विवादमा तानिएकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ले मात्र मिडियासामु बोल्न पाएकी थिइन्।

त्यही पनि उनलाई महासचिव किरण राईले सामुन्ने बसेर ‘के बोल्ने, के नबोल्ने’ सिकाइरहेका थिए। त्यसपछि बंगलादेशमा सोही वर्ष भएको साफ महिला यु–२० च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीलाई पनि एन्फाका राईले आफ्नो अनुमतिबिना मिडियामा नबोल्न निर्देशन दिए।

त्यसबेला खेलाडीहरूलाई एएफसी यु–२० महिला च्याम्पियनसिप छनोट खेल्न जाँदा मानसिक दबाब पर्न सक्ने भन्दै मिडिया पहुँच सीमित गरिएको तर्क गरिएको थियो।

सोही क्रममा फरवार्ड पूर्णीमा राईले मिडियासामु एन्फाको तयारीमा प्रश्न उठाएको भन्दै अध्यक्ष पंकजविक्रम नेम्वाङ विदाइको क्रममा कड्किएका थिए। तर, खेलपाटीकर्मी बुधबार साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीको रिपोर्टिङका लागि एन्फा पुगेको थियो।

त्यतिबेला मुख्य प्रशिक्षक न्यौपानेले मात्र मिडियासँग कुरा गरेका थिए। खेलाडीहरूलाई पठाइदिन आग्रह गर्दा प्रवक्ता सुरेश शाहले शुक्रबार सबै मिडियाका लागि अन्तर्वार्ताको व्यवस्था हुने बताएका थिए।

तर, त्यसको भोलिपल्टै एन्फाले खेलाडीलाई अन्तर्वार्ताबाट रोक्ने निर्णय गरेको हो। यसबारे जिज्ञासा राख्दा प्रवक्ता शाहले भने, “अहिले विभिन्न विवादका विषयहरू रहेकोले खेलाडीलाई बोल्न नदिने निर्णय भएको हो। प्रशिक्षकले बोलेपछि सबै कुरा समेटिन्छ।”

यसअघि चैत ११ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई तीन महिनाका लागि प्रतिबन्ध लगाएको थियो। त्यसयता एन्फाको गतिविधि ठप्प भएको छ। तर, गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र फरवार्ड रेखा पौडेललगायतका खेलाडीले भने सामाजिक सञ्जालमा ‘खेल्न देऊ’ भनेर आवाज उठाइरहेका छन्।

तर, बोल्नै पर्ने स्थानमा भने एन्फाले खेलाडीको मुख थुन्ने निर्णय गरेको छ। यसले पछिल्लो समय एन्फा र राखेपबीच जारी विवाद साम्य होला त?

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा