सिरहा र विराटनगर फाइनलमा
विराटनगर। सिरहा हव र विराटनगर हव दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
नेपाल क्रिकेट फाउन्डेसन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलिवन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको लिगको अन्तिम खेलमा विजयी हुँदै सिरहा हव र विराटनगर हव फाइनलमा प्रवेश गरेका हुन्।
पहिलो खेलमा राजविराज हवलाई सिरहा हवले १ रनले पराजित गर्यो। शुक्रबार बिहान वर्षा भएपछि १० ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको सिरहलाले ८ विकेट गुमाई ५७ रन बनाएको थियो। सिरहाका कप्तान आयुस विकले सर्वाधिक २० रन बनाए। राजविराजका अजय यादवले ३ विकेट लिँदा नतीस शर्माले पनि ३ विकेट लिए।
५८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ९ विकेट गुमाउँदै ५६ रन बनायो। राजविराजका निवेश मण्डलले सर्वाधिक १४ रनको योगदान दिए। सिरहाका अविशेक रायले ३ विकेट लिँदा आयुस विकले २ विकेट लिए। खेलको प्लेयर अफ म्याच सिरहाका अलराउण्डर खेलाडी आयुस विक घोषित भए।
दोस्रो खेलमा इटहरी हवले अपराजित टिम विराटनगर हवलाई २ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९.२ बलमा सबै विकेट गुमाई ७९ रन बनाएको थियो। विराटनगरका अरुण मण्डलले अविजित ४० रन बनाउँदा आकाश यादवले १० रन बनाए। इटहरीका प्लेयर अफ म्याच दिवस विष्टले ४ विकेट लिँदा असान खान ३ विकेट लिए।
८० रनको लक्ष्य पाएको इटहरीले १८.३ बलमा ८ विकेट गुमाउँदै सो लक्ष्य भेट्टाएको छ । इटहरीका असान खानले १५ रनको योगदान गरे। विराटनगरका मनीष कामतले ३ लिँदा अरुण मण्डल र देवराज झाले २–२ विकेट लिए।
सिरहाले ४ खेलमा ३ मा जित र १ खेल रद्द भएपछि ७ अंकका साथ शीर्षस्थानमा रहेको छ भने विराटनगरले ४ खेलमा २ मा जित र १ मा खेल रद्द भएपछि ५ अंकका साथ दोस्रो, राजविराजले ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो , इटहरीले ४ खेलमा २ मा पराजित, १ मा जित र १ खेल रद्द भएपछि ३ अंकका साथ चौथो तथा उदयपुरले ४ खेलमा ३ मा पराजित र १ खेल रद्द भएपछि १ अंकका साथ पुछारमा छ।






-1778080143092.jpeg&w=3840&q=75)


-1778235936203.webp&w=3840&q=75)




-1778148743099.webp&w=3840&q=75)