नेपालले टस हार्यो
मंगलबार, २९ बैशाख २०८३खेलपाटी संवाददाता
-1778556752495.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा टस हारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल ९:३० बजेबाट हुनेछ। नेपालले पाहुना टोलीविरुद्ध पहिला ब्याटिङ गर्नेछ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले अन्तिम ११ मा कुनै परिवर्तन गरेका छैनन्। नेपालले घरेलु मैदानमा स्कटल्यान्डसँग हालसम्म हार बेहोर्न परेको छैन। नेपालले यसअघि घरेलु मैदानमा भएका दुईवटै खेलमा जित दर्ता गरेको छ।
नेपाल र स्कटल्यान्डबीच हालसम्म यो फर्म्याटमा १० खेल भएका छन्। तीमध्ये ५ खेल जित्दा ४ खेलमा हार बेहोरेको छ।












