शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनआरएनएका खेलाडीले पदक जित्नेछन् : मुकेश बरुवाल (अन्तरवार्ता)

सोमबार, ११ चैत्र २०७५खेलपाटी संवाददाता
एनआरएनएका खेलाडीले पदक जित्नेछन् : मुकेश बरुवाल (अन्तरवार्ता)
Loading ad...
mustang rice ad

आठौं राष्ट्रिय खेलकुदको मिति अझै तय हुन सकेको छैन । प्रतियोगिताको आयोजनालाई लिएर खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट भिन्नाभिन्नै टिप्पणी आईरहेका छन् । देश पुर्नसंरचनामा गएपछि पहिलो पटक राष्ट्रिय खेलकुदमा सात प्रदेशले सहभागिता जनाउँदैछन् ।

अर्को कुरा, आठौं राष्ट्रिय खेलकुदमा विदेशमा रहने नेपालीको संस्था एनआरएनएको टिमबाट समेत खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न कारणले विदेशमा रहेका नेपाली खेलाडीलाई एनआरएनएले यस संस्करणबाट राष्ट्रिय खेलकुदमा सहभागि गराउँदैछ ।

राष्ट्रिय खेलकुदमा एनआरएनए कसरी गाँसिन आईपुग्यो ? उसको सहभागिताका बिभिन्न पक्षसंग सम्बन्धित रहेर एनआरएनएको खेलकुद विभागका प्रमुख मुकेश कुमार बरुवालसंग खेलपाटीकी संवाददाता गिता राईले कुराकानी गरेकी छिन् ।

नेपाली खेलकुदमा एनआरएनएको सहयोग र सहभागिता कस्तो रहन्छ ?

एनआरएनले सिधै सरकारलाई सहयोग गरेको छैन । तर नेपालबाट विश्वको कुनैपनि ठाउँमा जाने खेलाडीलाई सहयोग गरेको छ । खेलाडीहरु एनआरएनएले सहयोग गर्छ भनेर आशा गर्नुहुन्छ । त्यहि आशलाई मर्न नदिन सक्दो सहयोग गरिरहेका छौं ।

राष्ट्रिय खेलकुदमा पहिलो सहभागितालाई एनआरएनएले कसरी लिएको छ ?

१५ वर्षको इतिहासमा एनआरएनएले पहिलोपल्ट सहभागिता जनाउँदैछ । राम्रा खेलाडी बाध्यताले बाहिर काम गरेपनि खेलकुदमा लागिरहेका छन् । त्यही खेलाडीले धेरै ठाउँमा नाम सहित पदक समेत जितेका छन् । हाम्रो खेलाडीहरु जुन जुन राष्ट्रबाट आएपनि एनआरएनमार्फत राष्ट्रिय खेलकुदमा पदक जित्नेछन् ।

प्रतियोगिताबाट कस्तो नतिजाको अपेक्षा गर्नुभएको छ ?

आठौं राष्ट्रिय खेलकुदमा धेरै खेल छन् । सबैभन्दा ठुलो कमजोरी हामीले टिम प्रतियोगिता गर्न पाएनौ । प्रतियोगिताको मिति सरेकाले टिम ल्याउन पाएनौ । एउटा कराँतेको टिम सहभागि गराउन सफल भयौ । आशा छ, खेलाडीले उत्कृष्ट प्रर्दशन गर्नेछन् । राष्ट्रको इज्जत राखेर विदेशमा समेत खेलेर पदक ल्याउँछ भन्ने आश गरेको छु ।

राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडीको खर्च कसले व्यहोर्छ ?

खास त्यसको बारेमा केही निर्णय भएको छैन । खेलाडी सहभागि हुने देशको एनसीसी र बाँकी केन्द्रिय सचिवालयले खर्च गर्ने गरि खेलाडीलाई आउने जाने खर्चको व्यवस्थाको बिषयमा सोचेका छौ । विश्वास छ, हाम्रो सचिवालय र अध्यक्षको टिमका साथै पुर्व अध्यक्ष सबैबाट सहयोग हुनेछ ।

राष्ट्रिय खेलकुदमा एनआरएनएबाट खेल्ने खेलाडीले कति पदक जित्छन् ?

कति पदक जित्छौ भनेर म निश्चित रुपमा भन्न सक्दिन तर हाम्रो खेलाडीले उत्कृष्ट प्रर्दशन गर्छन । खेल सभ्य र भव्य हुन्छ । कुनै पक्षपात हुदैन भन्ने विश्वास छ । हाम्रो खेलाडीले पदक जित्छन् भन्ने विश्वास छ ।

अन्तिममा एनआरएनए र खेलकुदमा तपाईको इतिहास बताईदिनुहोस न ?

म २०४२ सालबाट सितोरियो कराँतेमा प्रवेश गरेको हुँ । २०५० सालको अन्तराष्ट्रिय पदक जितेको हुँ । २०५० सालबाट ५४ सालसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा पदक जितेको छु । ५५ सालदेखि ५९ सम्म किक बक्सिङमा नेपाल च्याम्पियन हुँ । २००६ मा मकाउ गएको थिए । १३ वर्षको मकाउ बसाईपछि नेपाल फर्किएको छु । त्यहाँ रहदा समेत धेरै एथ्लेटिक्स, कराँते जस्ता खेलमा सहभागिता जनाउथे । मकाउको कम्पनी भेनेसनमा काम गर्ने गर्छु र त्यहाँको टिम लिडर हुँ ।

खेलकुदको एनआरएनएसँग गाँसिएपछि एसियाको समन्वय गर्दैछु । कसरी धेरै खेलाडीलाई सहभागि गराउने र विदेशमा रहेका खेलाडीलाई एकताबद्व गराएर पदक जिताउन लागेका छौ । विश्वास छ, एनआरएनएबाट खेल्ने साथीले पदक ल्याउनु हुनेछ ।

भिडियो :

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ