पुलिस पुरुष हक्कीको फाइनलमा
मंगलबार, ०३ बैशाख २०७६खेलपाटी संवाददाता

नेपालगञ्ज । नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको फाइनलमा प्रवेश गरेको छ ।
बाँकेको मंगल प्रसाद माविको खेल मैदानमा मंगलबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई सडन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरीम सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा दुवै टोलीले ५-५ गोलको बराबरी खेलेपछि खेल सडन डेथमा पुगेको थियो ।
टाईब्रेकरअघि खेलको ४४ औं मिनेटमा रोमन रानाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा अमित ओझाले गोल गर्दै सुदुरलाई खेलमा फर्काएका थिए ।
अब पुलिसले स्वर्णका लागि प्रदेश ५ र आर्मीबीचको विजेतासंग खेल्नेछ ।








-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

