महिला हक्कीमा सुदूरपश्चिमलाई उपाधि
बिहिबार, ०५ बैशाख २०७६खेलपाटी संवाददाता

नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला हक्कीको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गरे । सुदूरको जितमा दमरा भट्टले निर्णायक गोल गरिन् ।
तेश्रो स्थानमा चित्त बुझाएको आर्मीले प्रदेश २ लाई ५–० ले हरायो । सीता चौधरीले २ तथा पिंकी सिन्जाली, अञ्जना ठकुरी र अमृता बस्नेतले १–१ गोल गरे ।











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)