सेपाकताक्रोमा प्रदेश ३ समूह विजेता
शनिबार, ०७ बैशाख २०७६खेलपाटी संवाददाता

बाँके । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको महिला रेगुमा प्रदेश ३ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित गर्यो ।
तीन टिम रहेको यो समूहबाट प्रदेश ४ ले प्रदेश ५ लाई २–० को सीधा सेटमा हराउदै उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो ।
समूह ‘बी’ को लिगमा आर्मीले प्रदेश १ लाई २–० ले पन्छायो ।
बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष रेगुमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई र प्रदेश १ लाई समान २–१, प्रदेश ३ ले प्रदेश १ लाई २–० र आर्मीले प्रदेश ५ लाई २–० को सेटमा निराश पारे ।









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


