एपीएफमाथि आर्मीको शानदार जित
शनिबार, ०७ बैशाख २०७६खेलपाटी संवाददाता

कपिलबस्तु । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।
शनिबार भएको खेलमा आर्मीले विभागीय डर्बी क्लब एपीएफलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन शर्मिला थापा, इन्दिरा राई र कृष्णा खत्रीले एक एक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्मीले तीनै गोल गरेको थियो ।
जितसंगै एक खेल खेल्न बाँकी रहेको आर्मीले ९ अंक जोडेको छ । एपीएफको पनि ९ अंक रहेको छ । आर्मी र एपीएफ सेमिफाइनलमा पुगिसकेको छ ।
यस्तै प्रदेश १ को ३ अंक छ ।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
