शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. उसु
Loading ad...
Bhat Bhateni Supermarket Ad

उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण

मंगलबार, १७ मंसिर २०७६खेलपाटी संवाददाता
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् ।

थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जिते । बंगलादेशका मोहमद उमरले ९.३४ अंकका साथ रजत र भारतका अन्जुलले ९.१६ अंक बटुल्दै कांस्यमा सीमित भए ।

महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारिन् । सुस्मिताले ९.४४ अंक जोड्दै स्वर्ण जितिन् । रजत जितेका श्रीलंकाका पीएचजी वत्सलाले ८.८५ अंक जोडिन् भने कांस्य पदकमा सीमित भएकी बंगलादेशकी नुर बेहर बेगमले ७.५९ अंक मात्रै जोड्न सकिन् ।

मंगलबार भएको नानछ्वानमा नेपालका दीपक हमालले ९.७० अंकका साथ शीर्ष स्थान हात पारेका छन् । उनलाई नेपालका साजन लामाले ९.६१ अंकका साथ पछ्याउँदा बंगलादेशका मोहमद आमिर हुसेनले ८.८७, पाकिस्तानका मोहमद दावदले ८.४८ र श्रीलंकाका चासिथ हेमन्थ्स् कुमाराले ७.५२ अंक जोडेका छन् । उनीहरुले बुधबार नानगुनका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी महिला नानक्वानमा नेपालकी नीमा घर्तीमगरले ९.३१ अंक जोड्दै शीर्ष स्थान हासिल गरेकी छन् । उनलाई बंगलादेशकी मोर्जिना अख्तरले ८.८० र श्रीलंकाकी सन्जु कुमारीले ७.६१ अंकका साथ पछ्याइरहेका छन् ।

यसैगरी थाउलोकै पुरुष ताइचीछुवानमा श्रीलंकाका थारिुदु नमल अनुरथ ९.६९ अंकका साथ शीर्ष स्थानमा छन् । भारतका ज्ञानदास सिंहले ९.५९, नेपालका हरिप्रसाद गोलेले ९.४४ र बंगलादेशका मोहमद बिप्लोप रुद्रले ९.२५ अंक जोडेका छन् ।

महिला ताइचिछुवानमा पनि श्रीलंकाकी एमएलडीटीएस गुणशेखरा शीर्ष स्थानमा छिन् । उनले ९.२४ अंक जोड्दा नेपालकी मीना घलानले ९.१७ अंक बटुलेकी छन् । यस स्पर्धामा बंगलादेशकी दीप्ति दासले ८.७५ र पाकिस्तानकी समरिन अल्ताफले ६.७५ अंक जोडेकी छन् ।

यसैगरी सान्डाको महिला ५२ केजीमा नेपालकी अलिना चौधरी सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले बंगलादेशकी फमिन्दा तबासुम लिमलाई अंकका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् । महिलाकै ५६ केजीमा भारतकी विद्यापति चानुले पाकिस्तानकी रुक्सना हनिफलाई अंकका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् ।

सान्डाको महिलाकै ६० केजीको सिंगल राउन्ड रोबिनमा भारतकी रोसिविना देवीले बंगलादेशकी रीताविश्वास पूजालाई नकआउट गरिन् । महिलाकै ७० केजीको राउन्ड रोबिनमा नेपालकी विन्दा पुन बंगलादेशकी बासुना खन्दोकरलाई नकआउट गर्दै अघिल्लो चरणमा स्थान बनाइन् ।

सान्डाकै पुरुष ५६ केजी तौल समूहको प्रतिस्पर्धामा भारतका उचित शर्माले फाइनलमा स्थान बनाए । उनले क्वार्टरफाइनलमा नेपालका अमर सुनारलाई अंकका आधारमा पराजित गरे । पुरुषकै ६० केजीमा भारतका विक्रान्त बलियानले पाकिस्तानका अब्दुल्लाहलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । ७० केजी तौल समूहमा भने श्रीलंकाका रुमेशले सेमिफाइनलमा स्थान बनाए । उनले बंगलादेशका मोहमद लिटन अलीलाई अंकका आधारमा पराजित गरे ।

पुरुषको ८५ केजी तौल समूहको राउन्ड रोबिन लिगमा पाकिस्तानका मोहमद अम्जद इक्वालले विजय हासिल गरे । उनले नेपालका किरण साउदलाई अंकका आधारमा पराजित गरे ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको