एएफसी महिला फुटसल च्याम्पियनसिप कुवेतमा हुने
बुधबार, ०५ चैत्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । एएफसी महिला फुटसल च्याम्पियनसिप कुवेतमा आयोजना हुने भएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को बोर्ड बैठकले एएफसी महिला फुटसल च्याम्पियनसिप कुवेतमा गर्ने निर्णय गरेको हो । यस्तै एएफसी महिला क्लब फुटसल च्याम्पियनसिप युएईमा आयोजना गर्ने निर्णय गरेको छ ।
तर, महिला च्याम्पियनसिप र क्लब च्याम्पियनसिपको टिम, मिति र खेल तालिका भने आएको छैन । एएफसीले जसको निर्णय अर्को महिना सार्वजनिक गर्ने जनाएको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसको कारण तुर्किमिनिस्तानमा हुने भनिएको पुरुषको एएफसी फुटसल च्याम्पियनसिप भने स्थगित भएको छ । यस्तै लिथुनियामा तय भएको फिफा फुटसल विश्वकप समेत सरेको छ ।













-1775795080923.webp&w=3840&q=75)

-1775788668970.webp&w=3840&q=75)