बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

विदाईको पर्खाइमा रहेका पाँच फुटबलर

मंगलबार, ०२ बैशाख २०७७नमीन ढकाल
विदाईको पर्खाइमा रहेका पाँच फुटबलर
Loading ad...
mustang rice ad

काठमाडौं । जुमानु राई, भोला सिलवाल, सन्तोष साहुखल, राजु तामाङ र विराज महर्जन कुनै समय नेपाली फुटबलका स्टार थिए ।

पछिल्लो समय उनीहरु राष्ट्रिय टिमबाट बाहिर रहदै आएका छन् । तर, उनीहरुले फुटबलबाट सन्यास घोषणा भने गरिसकेका छैनन् ।

राजुले बाहेक अन्य खेलाडीले क्लब फुटबल खेलिरहेका छन् । यद्दपी पाँचै खेलाडी सन्यासको संघारमा रहेका छन् ।

सन्यासको संघारमा रहेका उनीहरु सुखद विदाईको पर्खाइमा छन् । उनीहरु पूर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह, पूर्व स्ट्राइकर हरि खड्का, पूर्व कप्तान अनिल गुरुङले जस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सुखद विदाई चाहन्छन् । सुखद विदाईका लागि उनीहरुले एन्फासँग पनि आग्रह गरिसकेका छन् ।

पाँचै खेलाडीको एउटै भनाई छ, ‘हामीलाई सुखद विदाई दिनुहोस् । हामीले गरेको मेहनतको कदर गर्दिनुस् ।’

जुमानु राई

नेपाली फुटबलले पाएको स्ट्राइकर मध्येका जुमानु एक उच्च कोटीका खेलाडी हुन् । नेपाल पुलिसका प्रहरी नायब निरीक्षक (सई) रहेका जुमानु नेपाली राष्ट्रिय टिमका आक्रामक खेलाडीमा गनिन्छन् ।

जुमानुले राष्ट्रिय टिमबाट ११ गोल गरिसकेका छन् । जुन सर्वाधिक गोल गर्ने निराजन रायमाझी र हरि खड्का भन्दा २ गोलले पछि हो ।

बाघ बूढो हुँदैन - जुमानु - Khelpati

सन् २००६ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गरेका जुमानु सन् २०१५ मा भारतविरुद्ध भएको खेलसँगै राष्ट्रिय टिमबाट बाहिर छन् । वर्तमान नेपाली टिमका डिफेन्डर अनन्त तामाङले यसै खेलबाट डेब्यु मौका पाएका थिए ।

गत वर्षको सहिद स्मारक 'ए' डिभिजन लिगमा जुमानुले ह्याट्रिक पुरा गरेका थिए । विभागीय मिसनबाट फर्किएपछि जुमानुले लिग खेलेका थिए ।

भोला सिलवाल

राष्ट्रिय टिमको मिडलाईनबाट उत्कृष्ट बल सप्लाई गर्ने खेलाडीमा पर्छन् भोला सिलवाल । एक समय नेपाली टिमका लागि नभई नहुने खेलाडी थिए । तर, चोटका कारण मैदान बाहिर रहँदा उनी राष्ट्रिय टिमबाट बिस्तारै बाहिरिए ।

Bhola Silwal - Koshi Online

सन् २००८ बाट राष्ट्रिय टिममा रहेका भोला सन् २०१६ बाट भने टिम बाहिर छन् । पछिल्लो समय भोलाले नेपाल निलोको नेतृत्व गर्दै दशरथ रंशगालामा जापानीज फुटबल लिगको टिमसँग खेलेपनि त्यो खेल कुनै आधिकारीक थिएन् ।

नेपाल पुलिसका प्रहरी नायब निरीक्षक (सई) समेत रहेका भोला लिगपछि मोफसलका प्रतियोगिता खेलिरहेका छन् ।

राजु तामाङ

सन् २००५ मा श्रीलंकामा भएको साफ च्याम्पियनसिपबाट राजुले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका थिए । नेपाल आर्मीका जागिरे समेत रहेका राजुले सन् २००५ बाट २०१५ सम्म निरन्तर खेले ।

राजु नेपाली फुटबलका उत्कृष्ट मिडफिल्डरको अग्रपंक्तिमा आउने गर्छन् । तर, राजु ७३ सालयता भने राष्ट्रिय टिम बाहिर रहेका छन् ।

उनी अहिले सुखद विदाईको तयारीमा छन् । अहिले भने राजु टर्च लाईनमा देखिन थालेका छन् ।

सन्तोष साहुखल

सन्तोष साहुखल अन्तर्राष्ट्रिय फुटबलमा भन्दा पनि घरेलु फुटबलमा धेरै भाग्यशाली र चर्चित रहे । उनी शीर्ष डिभिजनको लिगमा १०० गोल पुरा गर्ने एकल खेलाडी हुन् । गत वर्षको सहिद स्मारक ए डिभिजन लिगमा सन्तोषले च्यासल युथ क्लबबाट खेल्दै सय गोलको कोशेढुंगा पार गरेका थिए ।

देश फर्कन तयार छु – सन्तोष शाहुखल - Khelpati

सन् २००७ बाट राष्ट्रिय टिमबाट डेब्यु गरेका सन्तोष २०१५ बाट भने टिम बाहिर रहँदै आएका छन् । उनले राष्ट्रिय टिममा रहँदा २९ खेल खेलेका छन् भने ४ गोल गरेका छन् ।

लिग खेल्न स्वदेश आउने गरेपनि सन्तोष जापान बस्दै आईरहेका छन् ।

विराज महर्जन

नेपाली फुटबलमा सर्वाधिक क्याप जित्ने खेलाडीमा पर्छन् विराज महर्जन । उनले गत सागमा ६८ क्याप पुरा गर्दै पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको सर्वाधिक क्यापको कीर्तिमानी तोडेका थिए ।

पूर्व कप्तान समेत रहेका लेफ्ट ब्याक विराजले ७२ क्याप पुरा गरिसकेका छन् । सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको ‘होम एण्ड अवे’ मैत्रीपूर्ण खेलका क्रममा विराजले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

अष्ट्रेलियाबिरुद्ध खेल्दै सन्यास ...

त्यस यता लगातार एघार वर्ष राष्ट्रिय टिमबाट खेलेका विराजले एक गोल समेत गरेका छन् । सन् २००९ मा दशरथ रंगशालामा विराजले किर्गीस्तानविरुद्ध फ्रिकिक मार्फत आकर्षक गोल गरेका थिए ।

पाकिस्तानविरुद्ध डेब्यु गरेका विराजले गत जेठ १९ मलेसियाविरुद्ध भएको अवे खेलमा अन्तिम पटक नेपाली टिमको आर्म ब्याण्ड लगाएका थिए । जुन खेलमा उनले ९० मिनेटनै मैदानमा बिताएका थिए ।

मुख्य प्रशिक्षक जोहान कालिनसँग सम्बन्ध चिसिएसँगै टिम बाहिर रहेका विराज मछिन्द्र क्लबबाट घरेलु फुटबलमा रमाईरहेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘बार्सिलोनामा ल्याउनेछौं च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा ल्याउनेछौं च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

लालीगुराँस क्वार्टरफाइनलमा

लालीगुराँस क्वार्टरफाइनलमा