शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनोमानी रुपमा फुटसल चलाउन दिन्न : संयोजक लामा

शुक्रबार, ०८ भाद्र २०७५नमीन ढकाल
मनोमानी रुपमा फुटसल चलाउन दिन्न : संयोजक लामा

तस्विर : सयोजक लामाको फेसबुक

Loading ad...
mustang rice ad

काठमाडौं । देशमा फुटसलको रौनकता मात्र बढेको छैन, यसको व्यापारिक दायरा समेत फराकिलो भएको छ । काठमाडौंका गल्ली गल्लीमा फुटसल मैदान खुलेका छन् । बिहान होस वा बेलुका, मैदान भरिभराउ हुन्छ ।

अव्यवस्थित सहरीकरणले खुला चौर र मैदान नभएपछि बच्चादेखि उमेर पुगेका सबैलाई शारिरिक र मनोरञ्जनको साधन बनेको छ, फुटसल । विस्तारै यसले सहरमा दैनिक जीवन शैलीको स्वरुप धारण गर्दैछ भन्दा अनुपयुक्त नहोला ।

फुटसलको बढ्लो लोकप्रियता र सम्भावनालाई देखेर अखिल नेपाल फुटबल संघ एन्फाले समेत फुटसलका लागि विभागनै गठन गरेको छ । नयाँ नेतृत्वबाट आएको कार्य समितिले फुटसल विभागको नेतृत्व दावा लामालाई दिएको छ ।

नेपाली फुटसलको नेतृत्वमा आएका लामाले यसका लागि कस्तो योजना बनाएका छन् । एन्फाले फुटसललाई अब कसरी व्यवस्थित र व्यवसायीकरण गर्छ ? यिनै बिषयमा खेलपाटीकर्मी रमेश सुवेदीले एन्फा फुटसल विभागका संयोजक लामासंग कुराकानी गरेका छन् ।

फुटसल विभागको संयोजकको जिम्मेवारी पाउनु भएको छ । नेपालमा बढ्दो फुटसलको लोकप्रियतालाई अगाडी बढाउने तपाईका योजना कस्ता छन् ?
भखरै मैले संयोजकको जिम्मेवारी पाएको छु । मेरो विभागको उप संयोजकमा विनोद गुरुङ हुनुहुन्छ । उहाँ पहिलेपनि फुटसल समितिको सदस्य हुनुहुन्थ्यो । यस अगाडीको टिमले चलाएको फुटसल गतिविधिलाई सुरुमा बुझ्ने काम मेरो हुन्छ । त्यसपछि नेपालको फुटसल कसरी, कति संख्यामा चलेका छन् भन्ने बिषयमा जानकारी लिन्छु । पुर्व संयोजक रमेश रायमाझीसंग समेत बसेर छलफल गर्छु ।

फुटसललाई नयाँ ढंगले चलाउन रेफ्रि कमिटि, टेक्निकल कमिटि, आर्थिक कमिटि लगायतका कमिटि गठन गर्छु । यस विभागलाई पारदर्शी तरिकाले चलाउनु मेरो लक्ष्य हुनेछ ।

नियम बिपरीत बनेका फुटसलका लागि नयाँ नेतृत्वले के गर्ने योजना बनाएको छ ?
नियम विपरित बनेका फुटसललाई प्रणालीमा चलाउने बिषयमा छलफल गर्न आवश्यक छ । राष्ट्रिय खेलकुद परिषद राखेपसंग समेत छलफल गर्न जरुरी देखेको छु । मेरो व्यक्तिगत निर्णय भन्दापनि राखेप लगायत सबैसंग सहकार्य गरेर संस्थागत योजना बनाउनुपर्छ भन्ने लाग्छ । एउटा मापदण्ड राखेर, टिम बनाएर, नियम अनुसार चलाउन सबै सरोकारवाला पक्षसंग मेरो आग्रह हुनेछ ।

फुटसल सञ्चालकहरुले राति अवेरसम्म समेत फुटसल मैदानलाई चलाएर बसेका छन् । यसले शान्ति सुरक्षामा चुनौती देखिएको समेत सुरक्षा निकायले बताउदै आएका छन् । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?
फुटसल कस्तो ठाँउमा खुल्छ, सोही अनुसार यसका विविध बिषय फरक पर्छन् । प्राय, काठमाडौंका घना बस्तीमा अहिले फुटसल कम्प्लेक्सहरु खुलेका छन् । जनसंख्याको चाप धेरै भएका स्थानमा फुटसल खोल्ने बाढी आएको देखिन्छ ।
शान्ति सुरक्षाको बिषयमा सरकारसंग छलफल गरेर यसको समाधान गर्न आवश्यक देख्छु । हो हल्ला नहुने गरि, शान्ति सुरक्षा कायम राख्ने गरि फुटसल चलाउने बिषयमा निर्णय गर्न सकिन्छ । एउटा निश्चित क्षेत्र बनाएर यसलाई व्यवस्थित तरिकाले चलाउन सकिन्छ भन्ने लाग्छ ।

केही फुटसल सञ्चालनहरुले मनोमानि रुपमा पैसा अशुल्दै आएका छन् । फुटसलमा देखिएको यस्तो ठगी र विकृतीविरुद्ध जिम्मेवार निकायको रुपमा तपाईको के भुमिका रहन्छ ?

हामीसंग तथ्याङको कमी छ । फुटसल कुन स्तरबाट चलाएको भन्ने बिषयमा त्यसको तथ्याङ निकाल्न जरुरी छ । यसको स्थापना, सञ्चालन, कार्यविधि केहीपनि बनेका छैनन् । त्यसैले अलिकति अराजकता देखिएको हो कि भन्ने लाग्छ । तर नयाँ विधान, कार्यविधि बनेपछि सोही अनुसार फुटसल अगाडी बढाउनुको विकल्प हुने छैन । नियम विपरित जाने, ठगी गर्ने सबैलाई तुरुन्त कारबाही गर्छुु ।
फिफा, एएफसीको नियम अनुसार सञ्चालन गरेको खण्डमा त्यस्ता फुटसल मैदानलाई हामी मान्यता दिन्छौ । अटेर गर्ने सञ्चालकलाई हामी नियम अनुसार कारबाही गछौ ।

एन्फाको फुटसल विभागले लिने कारबाहीको दायरा कस्तो हुन्छ, यस बिषयमा प्रष्ट बताईदिनुहोस ?
अहिलेका सबै फुटसल सञ्चाकले राखेपसंग लाइसेन्स लिएको छ । अब त्यसलाई एन्फाको दायराभित्र समेत ल्याउन आवश्यक छ । नेपालमा जे जति फुटसल चलेका छन्, अधिकांशले फिफा र एएफसीको नियम अनुसार चलेका छैनन् ।
फिफा, एएफसीले तयार गरेका मापदण्ड अनुसार फुटसललाई समेत चलाउन आवश्यछ । त्यही अनुसार नेपालमा अब फुटसल गतिविधि र खेल अगाडी बढ्छ ।

फुटसल खेलका लागि रेफ्रिहरु त्यति तयार देखिदैनन् । फुटसलका लागि प्राविधिक जनशक्ति तयार पार्न कत्तिको चुनौती छ ?
एएफसीले फुटसल ट्रेनिङ भनेर एकपटक मात्रै गरेको छ । प्रतियोगिता नभएर कति त्यत्तिकै बसे । कतिलाई फुटसलको सामान्य नियम थाहा छैन् ।
फुटसल खेलाउने र ज्ञान भएका जनशक्ति हामीलाई आवश्यक छ । मेरो कार्यसमितिले तत्काल खेल खेलाउने रेफ्रिलाई तयार गर्ने बिषयमा योजना अगाडी सार्छ । आउदो डिसेम्बर भित्र हामीले फुटसल कोर्स सुरु गर्न आँटेका छौ ।

फुटसल लिगको बिषयमा धेरै चर्चा भयो । नयाँ कार्यसमिति यसबारे कत्तिको जानकारी छ ?
पहिला मापदण्ड आवश्यक छ । एकै पटकमा लिग गराउछु भनेर दाबी गर्दिन । आर्थिक लगायतका प्राविधिक कुरा यसमा जोडिन्छन् । हिजोको कार्यसमितिले गरेका सम्झौताका बिषयमा रिपोर्ट लिन बाँकी छ । त्यसपछि केही व्यवसायीक कम्पनी जोडिन आईपुगेका छन् । रुस्लानले समेत हामीलाई प्रायोजन गरेको छ ।
हामी नियमित सम्पर्कमा छौ । पत्र बुझेकै दिनबाट लिग बनाउने योजना सुरु भईसकेको छ । आगामी नोभेम्बरबाट लिग गराउने गरि छलफल अघि बढिसकेको छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको