शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

'पदक ल्याउन अन्य राष्ट्रको तयारीलाई जित्नुपर्छ'

मंगलबार, ०९ आश्विन २०७५खेलपाटी संवाददाता
'पदक ल्याउन अन्य राष्ट्रको तयारीलाई जित्नुपर्छ'
Loading ad...
mustang rice ad

काठमाडौं ।  नेपाली खेलकुदमा तेक्वान्दो खेलले स्वर्णिम इतिहास बनाएको छ । नेपाली खेलकुदले सर्वाधिक पदक प्राप्त गरेको छ भने तेक्वान्दोबाट हाे । 

तर, पछिल्लो समय नेपाली तेक्वान्दोले गौरबशाली इतिहासलार्इ न्याय गर्न सकेकाे छैन । गत महिना इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा नेपाली तेक्वान्दोले उच्च प्रदर्शन गर्न सकेनन् ।

एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो यस पटक खाली हात फर्कियो । योसंगै नेपाली तेक्वान्दोले लगातार तेस्रो पटक पदक जित्न सकेनन् ।

पछिल्लो समय नेपाली तेक्वान्दो किन खस्कदै गएको छ त ? यसै बिषयमा खेलपाटीका सन्तोस रेग्मीले नेपाली राष्ट्रिय तेक्वान्दो प्रशिक्षण दिपक बिष्टसंग कुराकानी गरेका छन् ।  ओलम्पियन दिपक एसियन गेम्समा नेपाललाई दुई पटक पदक दिलाउन एक्ला खेलाडी समेत हुन् ।   

एसियन गेम्सको प्रदर्शनबाट कत्तिकाे सन्तुष्ट हुनु हुन्छ ?

सन्तुष्ट छु । हामीले हाम्रो तयारी अनुसारको खेल पस्केका हौ । हाम्रो तयारी जस्तो थियो खेलाडीहरुले त्यस्तै नतिजा हात पारे । केहि ठाउमा हामी चुक्यौ ।

हामीले राम्रो एक्सपोजर दिनु पर्ने हो । तयारीमा हाम्रो कमि भयो । नेपालमा तेक्वान्दो सम्बन्धि विभिन्न खालका प्रतियोगिताहरु गर्नु पर्ने हो । त्यो हामीबाट भएन । हामीले कम तयारी गर्यौं जसको फाइदा अन्य देशहरुले लुटे ।

हामी कहाँ चुक्याै ?  

तयारी गर्ने कुरामै हामी चुकेका छौं । खेलाडीको प्रदर्शन उत्साह जनक नै थियो । अन्य देशका खेलाडी धेरै राम्रा भए, हाम्रो देशका खेलाडी नराम्रा होइनन् । तर, जुन प्रकारको तयारी उनीहरुले गर्नु पर्ने थियो त्यो तयारी भएन् । हामीले पुरानो प्रविधिहरु अपनायौ । तयारी पनि पुरानो तरिकाले गर्न पुग्यौ । उनीहरुले तेक्वान्दो खेलका तयारीका लागि नयाँ प्रविधिहरुको प्रयोग गरे । त्यसैले, उनीहरु हामी भन्दा अब्बल भए ।

एसियन गेम्समा पदक नआएको तेस्रो पटक हो । नेपाली तेक्वान्दोको स्तर खस्केकै हो ? 

हामीले कुनै पनि खेलमा अन्य देशका खेलाडीलाई जित्नका लागि तिनीहरुको तयारीलाई जित्नु पर्छ । उनीहरुको जस्तो तयारी हाम्रो भएको छ कि छैन भन्ने मुख्य कुरा हो । समग्रमा अघिल्लो एसियन गेम्स भन्दा यस पटक खेलाडीले एकदमै राम्रो खेल पस्केका छन् । तेक्वान्दोको स्तर खस्केको होइन तयारी नपुगेको भन्नु पर्छ ।  अन्य देशका खेलाडीले चार बर्षको तयारी गर्छन् । त्यस अनुसारको हामीले तयारी गरेका छैनौं। मेडल खोसेर लिने होइन, जितेर लिने हो ।

अर्को एसियन गेम्समा तेक्वान्दोले पदक जित्न सक्छ त ?

हामी मेडलको धेरै टाढा छैनौं । मेडलको दुरी एकदमै सानो छ । तर, दुरी पन्छाउन अथक मेहेनत गर्नु पर्छ । बैज्ञानिक तयारी गर्नुपर्छ । त्यसका लागि वातावरण पनि हुन जरुरी छ ।

तेक्वान्दोमा मेडल हामीले नल्याएको होइन । ऐतिहासिक सिल्भर मेडल हामीले नै ल्याएका हौ । एसियन गेम्समा हामीले १४ वटा मेडलहरु ल्याईसकेका छौ । सबैभन्दा धेरै मेडल ल्याउने खेल तेक्वान्दो हो । तर, खेलको सुरुवात हुनु भन्दा ४ महिना अघिको तयारीले पुग्दैन् । खेलाडीलाई राम्रो एक्सपोजर, उचित प्रशिक्षण गर्ने वातावरण र सबैको साथ आवश्यक छ ।

मेडल नआउनुको मुख्य बाधक तयारी मात्र हो त ?

खेलाडीको ट्रेनिङ नभएको होइन, भएकै हो । तर जुन तरिकाले हुनु पर्नेहो त्यो अनुसार भएन । पुरानो र थोरै ट्रेनिङले अब हामीलाई पुग्दैन् । हामीले उच्च स्तरको ट्रेनिङ गर्नुपर्छ । वैज्ञानिक तरिकाको तयारी हुनुपर्छ।

अन्य राष्ट्रको तुलनामा नेपाली तेक्वान्दोको स्तर कस्तो छ ?

नेपाली तेक्वान्दोको अवस्था एकदमै दुःख लाग्दो छ । विगतका तीन संस्करणमा अन्य राष्ट्रले धेरै फड्को मारिसके ।  उनीहरुको खेलाडीको तयारी, तयारीका लागि आवश्यक वातावरण, नयाँ प्रविधि प्रयोग लगायतका कुरामा धेरै अगाडी बढीसके । हाम्रो खेलाडीहरुको प्रस्तुति राम्रो छ । तर,तयारी गर्ने वातावरण र तयारीका लागि चाहिने प्रविधिमा हामी निकै तल्लो स्तरमा छौं ।  

तेक्वान्दोमा भएका कमजोर पक्षलाई कसरी सुधार गर्नुपर्छ ?

सन् १९९८ मा दोस्रो मेडल ल्याएका हामीले यस पटक पदकबिहीन हुनुमा केहि कमजोरी छ हाम्रो । भएका कमीकमजोरीलाई केलाएर समस्या समाधान गर्नेतर्फ जानेछौ । बल्ल मेडलको आशा गर्न सकिन्छ । अन्य राष्ट्रले किन मेडल ल्याए त ? उनीहरुले त्यहि अनुसारको तयारी गरेका थिए । हामीले आधुनिक तरिकाले तयारी गर्न सकेनौ । ४ महिनाको अवधिमा हामीले नयाँ प्रकारको प्रविधिलाई अगाल्न पाएनौं । किनकी हामीसंग लगानी कम थियो । हामीले जुन ठाउमा तयारी गर्यौं त्यस ठाउमा त्यस प्रकारको प्रविधि थिएन् । अर्को स्थानमा जान हामीसंग पैसा थिएन । यस्ता कमजोरीहरु नियाल्दै तेक्वान्दो विकासतर्फ लाग्ने छौ ।

नेपालमा तेक्वान्दो खेलाडीहरुको अवस्था कस्तो छ ?

हाम्रा खेलाडी नराम्रो होइनन् ।  निकै राम्रा र उच्च क्षमता भएका खेलाडीहरु हामीसंग धेरै छन् । ती खेलाडीहरुलाई कसरी राष्ट्रिय टिममा टिकाई राख्न सक्छौ । उनीहरुलाई लामो समय टिकाउने वातावरण सिर्जना गर्नुपर्छ ।

नेपाली टोलीमा धेरै उच्च मनोबल भएका खेलाडी छन् । उनीहरुलाई लगानी गर्नुपर्छ प्रतिफल राम्रो निस्कन्छ । हामी लगानी कम गर्ने, तयारी कम गर्ने नतिजा मात्र ठुलो खोज्ने गर्छौं ।  भारत, जापान जस्ता देशहरुले सन् २०२० को एसियन गेम्सको लागि अहिलेदेखि क्याम्प राखीसकेका छन् । हामी भने एसिएन गेम्सका लागि ४ महिना पहिलाबाट तयारिमा जुट्छौ । अनि कुन खेलाडीले राम्रो खेल पस्कन सक्छ ?

हामी अहिले विश्राममा छौ, दशैँ लगत्तै तयारीमा निरन्तरता दिने छौ । कस्तो तरिकाले तयारी गर्ने कुन कुराको आवश्यक छ ? कुन कुराले हामीलाई सफलता प्रदान हुन्छ भन्ने कुरा ध्यान दिएर अगाडी बढ्ने छौं ।

प्रशिक्षक हुनुहुन्छ, अब तेक्वान्दोलाई कसरी अगाढी बढाउने ? तपाईको योजना के छ ?

एसियन गेम्समा हामी नयाँ तरिकाले जानु पर्छ । हामीले अन्य देशको तयारीलाई जित्नु जरुरि छ । कसरी राम्रो खेल्ने र कसरी मैले मेडल ल्याउन सक्छु भन्ने खाले खेलाडीको मानसिकता बनाउनेमा केन्द्रित हुनेछु ।

यति मात्र होईन मैले अन्य देशमा कस्ता प्रकारका प्रविधिहरु र कस्ता प्रकारका तयारीका साधनहरु प्रयोग गरेका छन् । त्यस प्रकारको सामान ल्याएर नेपालमा पनि तयारी गराउने छु । हामीले अब नयाँ तयारी गर्नु पर्नेछ किनकि हाम्रो पुरानो प्रविधिले फेल खाएको छ । अब हरेक  कुरामा नयाँ पन ल्याउने तयारीमा छु ।

नेपाली तेक्वान्दोको अबको लक्ष्य के हो ?

अबको लक्ष्य एसियन गेम्समा पाएको पीडालाई दक्षिण एसियाली खेलकुदबाट भुलाउने प्रयास गर्नेछौं । त्यसकै तयारीमा हामी जुट्नेछौं ।  

नयाँ प्रविधिको प्रयोग गरेर हुन्छ या नयाँ तरिकाबाट तयारी गरेर हुन्छ । अब आउने एसियन गेम्सका लागि पनि आजैबाट तयारीमा जुट्ने छौं ।

मेहेनत एउटा खेलाडीले मात्र गर्ने होइन । संघ, प्रशिक्षक र सरकारको तयारी भएमा मात्र मेडलको आशा गर्न सक्छौ । र, मेडल जित्ने नै अबको हाम्रो मुख्य लक्ष्य हुनेछ ।

नयाँ खेलाडी उत्पादनलाई कसरी अघि बढाउन सकिन्छ ?

नयाँ खेलाडी उत्पादन गर्नको लागि देशको नीति बन्नुपर्छ । नयाँ खेलाडी विद्यालयमा छन् । बाटोमा भेटिदैनन् । त्यसैले हामीले विद्यालय स्तरदेखी कसरी खेलाडी उत्पादन गर्ने भन्नेमा जान जरुरी छ । नेपाल सरकारले नै विद्यालय स्तरमा खेलकुदलाई अनिवार्य बनाउनु पर्छ भन्ने कुरामा ध्यान दिए नयाँ खेलाडी उत्पादन गर्न असहज छैन ।

तपाई तेक्वान्दो संघमा पनि हुनुहुन्छ । संघले कस्तो वातावरण सिर्जना गरेको छ ? 

हामीलाई संघले एकदमै राम्रो वातावरण दिएको छ । संघले पनि नयाँ प्लान गरेको छ । कुन खेलाडीलाई कस्तो देशमा एक्पोजरको लागि लैजाने भन्ने कुरामा ध्यान दिने छौं ।

एक खेलाडीले अन्य बिषयमा ध्यान लगाउने वातावरण दिने छैनौं । पाँच वर्षसम्म नेपाली टोलीमै टिकिरहने वातावरणको व्यवस्था गर्नेछौं । अब हामी मेडलको बाटोमा दौडने काम गर्नेछौं ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको