अन्तर्राष्ट्रिय मुवाँ थाई सोमबारबाट
शनिबार, १३ आश्विन २०७५खेलपाटी संवाददाता
काठमाडौं । तेस्रो के. ब्याग अन्तर्राष्ट्रिय मुवाँ थाई प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । नेपाल राष्ट्रिय मुवाँ थाई संघले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सोमबारबाट हुने जानकारी गराएको हो ।
यस्तै आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगितामा भारत, थाइल्यान्ड र अस्ट्रेलियाका खेलाडीले पनि प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।
१० प्रतिस्पर्धा हुने प्रतियोगिता दरबारमार्गस्थित क्लब डेजाबुमा सञ्चालन हुनेछ । मुवाँ थाईको इतिहासमै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष कक्षपतिले पत्रकार सम्मेलनमा जानकारी दिए ।







-1724767749.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
