रुपक र सन्देश च्याम्पियन

काठमाडौं । नेपालका रुपक नेपाली र सन्देश मानन्धर तेस्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँ थाई फाइटमा च्याम्पियन भएका छन् ।
नेपाल राष्ट्रिय मुवाँ थाई संघ र के ब्यागको संयुक्त आयोजनामा सोमबार दरबारमार्गस्थित भएको प्रोफेसनल फाइटमा रुपक र सन्देश च्याम्पिय भए ।
रुपकले अस्ट्रेलियाका एडम प्राइसलाई र सन्देशले भारतका एसभी हरिसरनलाई फाइनलमा स्तब्ध बनाएका थिए । प्रोफेसनल फाइटमै अर्का नेपाली खेलाडी सन्जय राई भने फाइनलमा थाइल्यान्डका नानचना श्रीसँग स्तब्ध भए ।
नेपालकै गुणराज रुचाल पनि भारतीय खेलाडी नन्जितलाई हराउँदै च्याम्पियन हुन सफल भए । पुरुषको ५१ केजी नेपालका राहुल श्रेष्ठले राहुल थोकरलाई र ५७ केजी फाइनलमा सुमित महतोले सुनील सिरिस मगरलाई हराउँदै पहिलो भए ।
महिलातर्पm ५५ केजीमुनि विद्या गुरुङले खुस्बु तामाङ र ५१ केजीमुनि शर्मिला लामाले नतिसा रानामगरलाई फाइनलमा हराइन् । पुरुषको ६० केजीमुनि फाइनलमा विक्रम रानामगरले राजु राईलाई र ५३ केजीमुनि सनिल चौधरी कपिल देसारलाई हराउँदै च्याम्पियन भए ।
एकदिने प्रतियोगिताका विजेतालाई प्रमुख अतिथी प्रदेश–३ का सामाजित विकास मन्त्री युवराज दुलाल, नेपाली कांग्रेसका नेता रामहरी खतिवडा, नेपाल कम्युनिस्ट पार्टीका प्रदेश–३ का अध्यक्ष नारायणप्रसाद दाहाल, के ब्याग स्पोट्र्सका अध्यक्ष कमल बस्नेत र नेपाल राष्ट्रिय मुवाँ थाई संघका अध्यक्ष गणेशलाल कक्षपती लगायतले पुरस्कृत गरे ।







-1724767749.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
