१८ वर्षिया राडुकानु सेमिफाइनलमा
बुधबार, २३ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेलायती खेलाडी एम्मा राडुकानु युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
बुधबार भएको क्वाटरफाइनलमा स्विस खेलाडी बेलिन्डा बेन्चिचलाई पराजित गर्दै राडुकानु अन्तिम चारमा पुगेकी हुन् ।
१८ वर्षिया राडुकानुले ओलम्पिकमा स्वर्ण विजेता बेलिन्डालाई ६-३ र ६-४ को सेटमा हराईन् ।
राडुकानु पहिलो पटक युएस ओपनको सेमिफाइनलमा पुगेकी हुन् ।
राडुकानुले अब सेमिफाइनलमा कारोलिना प्लिस्कोभा र मारिया सक्कारीबीचको विजेतासँग खेल्ने छिन् ।









-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

