फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने
बुधबार, ०१ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । पूर्व विश्व नम्बर एक रोजर फेडेररले अष्ट्रेलियन ओपन टेनिस नखेल्ने भएका छन् ।
घुँडाको चोटबाट पूर्ण रुपमा ठिक नभएको कारण फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने भएका हुन् ।
स्विस स्टार फेडेरर गत जुलाई विम्बल्डन टेनिस खेलेपछि कोर्ट उत्रिएका छैनन् ।
४० वर्षीय फेडेररले ६ पटक अष्ट्रेलियन ओपन जितेका छन् ।
२० पटकको ग्रान्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१८ मा उपाधि जितेका थिए ।
अष्ट्रेलियन ओपन जनवरी १७ बाट सुरु हुँदैछ ।









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


