कोलिन्स पहिलो पटक फाइनलमा
बिहिबार, १३ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्स अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
बिहीबार भएको सेमिफाइनल खेलमा पोल्याण्डकी इगा स्वेटेकलाई हराउँदै कोलिन्स फाइनलमा पुगेकी हुन् ।
२८ वर्षीय कोलिन्सले स्वेटेकमाथि ६-४ र ६-१ को सेटमा जित निकालिन ।
कोलिन्स पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी हुन् ।
कोलिन्सको पहिलो ग्रान्डस्लामको फाइनलमा पुगेकी हुन् ।
अब कोलिन्सले उपाधिका लागि अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टीसँग खेल्ने छिन् ।
बार्टीले सेमिफाइनलमा अमेरिकी म्याडीसन कियसलाई हराएकी थिइन् ।
कोलिन्स पहिलो पटक फाइनलमा









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


