शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. उसु
Loading ad...
Bhat Bhateni Supermarket Ad

उसुमा सुनसरी च्याम्पियन

शनिबार, ०८ आश्विन २०७९खेलपाटी संवाददाता
उसुमा सुनसरी च्याम्पियन
Loading ad...
mustang rice ad

इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकमा भएको उसु खेलको खेलाडी छनौट प्रतियोगितामा सुनसरी टिम च्याम्पियन बनेको छ ।

इटहरी रंगशालाको कभर्डहलमा ३ दिनसम्म चलेको छनौटमा सुनसरी पाँच स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

छनौट प्रतियोगितामा ६० केजी तौल समूहमा इलामकी अर्चना लिम्बुले स्वर्ण पदक जितेकी छन् । भोजपुरकी स्मृती प्रधानले रजत पदक जित्न सफल भएकी छन् । यस्तै कास्यमा सुनसरीकी सदिक्षा राई र संखुवासभाकी लजिता शेर्पा आएका छन् ।

यता ६५ केजी तौल समूहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छन् भने झापाकी दिपा कुमारी गणेशले रजत पदक पाएकी छन् । यस्तै गरी सुनसरीकी स्मारिका खवास र इलामकी रिता कट्वालले कास्य पदक जित्न सफल भएका छन् ।

यता ७० केजी महिला समुहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण जितेकी छन् भने मोरगंकी सम्झना राईले रजत र कासयमा पाँचथरकी मनिशा नेम्बाङ र इलामकी मनिता नुगो आएका छन् ।

यता ७५ केजी पुरुष तर्फको प्रतिस्पर्धामा मोरङका अमित लोकान्दिले स्वर्ण जितेका छन् भने झापाका करण राजवंशीले रजत र कास्यमा भोजपुरका लक्ष्मी प्रसाद तामाङ्ग र धनकुटाका आसमान राई छन् ।

यस्तै ४५ केजी महिलातर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरङकी राजलकु राजवंशीले रजत र पाँचथरका अमिता लिम्बु र झापाका उनिता राईले कास्य पदक जित्न सफल भएका छन् ।

५२ केजी तौल समूहको महिला तर्फको प्रतियोगितामा सुनसरीकी टिका थापा मगरले स्वर्ण, भोजपुरकी शुलाबुङ्ग राईले रजत र उदयपुरकी रेश्मा राई र मोरगंकी पुस्पा कुमारी चौधरीले कास्य पदक जितेका छन् । यता ५६ केजी महिला तर्फको प्रतियोगितामा ५६ केजी तौल समूहतर्फ सुनसरीकी प्रेरणा ठाकुरले स्वर्ण , संखुवासभाकी मातृका कुलुङ्गले रजत र उदयपुरकी एलिना राना मगर र झापाकी कन्चन खवासले कास्य जितेका छन् । यता ६० केजी तौल समूहतर्फ पुरषको प्रतियोगितामा सुनसरीका रोहीत लिम्बुले स्वर्ण पदक जितेका छन् भने मोरङ्गका रेहन आजादले रजत र संखुवासभाका सन्देश राई का साथमा पाँचथरका रितु तुम्बाहाम्फेले कास्य पदक जितेका छन् ।

६५ केजी तौल समूहमा भोजपुरकी विजय रसाइलीले स्वर्ण, झापाका सुमन मेचेले रजत तथा संखुवासभाका ताराराज राई र सुनसरीका किरण राईले कास्य पदक जिते ।

यस्तै ६० केजी तौल समुहको पुरुष प्रतियोगितामा मोरङ्गका दिपक कुमार पासवानले स्वर्ण जितेका छन् । यस्तै झापाका रोशन गुरुङले रजत र उदयपुरका अर्जुन विक र धनकुटाका आर्मल तेपुङ्गले कास्य पदक पाएका छन् । पुरुष ४८ केजी तौल समूहमा संखुवासभाका गणेश लिम्बुले स्वर्ण, मोरङका पारस मरिकले रजत र भोजपुरका श्याम राज राई  र सुनसरीका सविर सिहं थाक्लेले कास्य पदक पाएका छन् ।

यता ५६ केजी पुरुषको प्रतिस्पधौमा सुनसरीका प्रज्वल राईले स्वर्ण, संखुवासभाका फुर्काली शेर्पाले रजत र भोजपुरका सन्जय राईले र झापाका अजित मेचेले कास्य जितेका छन् । पुरुष ८० केजी तौल समूहमा मोरङ्गका उपेन्द्र मारिकले स्वर्ण, धनकुटाका हेमराज विश्वकर्माले रजत र संखुवासभाका प्रकाश तामाङले कास्य पदक जिते भने ८५ केजी तौल समूहमा सुनसरीका रोचन श्रेष्ठले स्वर्ण, संखुवासभाका विरवल राईले रजत र धनकुटाका रिजन श्रेष्ठले कास्य पदक जित्न सफल भएका छन् ।

प्रदेश एकको ११ वटा जिल्लाका खेलाडी सहभागि भएको प्रदेश स्तरिय प्रतियोगितामा छनौट भएका खेलाडी गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै  प्रतिस्पर्धा गर्नेछन् ।

बिभिन्न मेडल प्राप्त गर्ने खेलाडीलाई शुक्रबारै एक कार्यक्रमका प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य रितेश श्रेष्ठ लगायत अतिथीहरुले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Loading ad...
LiNing Ad
उसुमा सुनसरी च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको