जुडो खेलाडी राई कंगो प्रस्थान
आइतबार, १० पौष २०७९खेलपाटी संवाददाता

इलाम । १३ औं दक्षिण एसियाली खेलकुद सागको रजत पदक विजेता सुमित्रा राई शान्ति सेनाको लागि कंगोतर्फ प्रस्थान गरेकी छन् ।
जुडोकी रजत पदक विजेता इलामको फाकफोकथुम गाउँपालिका–६ की राई आइतबार कंगो प्रस्थान गरेकी हुन् । उनी विगत लामो समय देखि नेपाल आर्मीमा आवद्ध थिइन् । १ वर्षको लागि शान्ति सेनामा गएको उनले बताइन् ।
उनले नवौं राष्ट्रिय खेलकुदमा महिलातर्फको ४८ केजीमुनि तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।
जुडो खेलाडी राई कंगो प्रस्थान







-1748333590.jpeg&w=3840&q=75)


-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
