शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटबल पछाडी धकेलिदै छ : अनिल गुरुङ (अन्तर्वार्ता)

शुक्रबार, २१ मंसिर २०७५खेलपाटी संवाददाता
फुटबल पछाडी धकेलिदै छ : अनिल गुरुङ (अन्तर्वार्ता)
Loading ad...
mustang rice ad

काठमाडौं ।  अनिल गुरुङ नेपाली फुटबलको ठुलो नाम हो । करिब १६ बर्ष नेपाली फुटबलको सेवा गरेका उनी अहिले करियरको उत्तरार्धमा छन् ।

राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान समेत रहेका उनले सन्यासको घोषणा गरिसकेका छन् । नेपाली फुटबलका मैदानमा निकै मेहनत गर्ने खेलाडीको परिचय बनाएका उनी अहिले थ्री स्टार क्लबबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् ।

अनिलले आफ्नो १६ बर्षको फुटबल जिवनलाई कसरी हेरेका छन् । अनि भविष्यमा अब के गर्छन् ? उनीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

फुटबल पछि के गर्ने ?

धेरै बर्ष राष्ट्रिय टिममा रहेर सन्यास लिए । क्लबमा पनि सफलता हात पारे । अहिले थ्री स्टारबाट खेल्दैछु । लिग अगाडी करिब तीन महिना एउटापनि फुटबल गतिविधिमा सहभागि भईन । तर फुटबल भन्दा टाढा बस्न सक्दिन भन्ने महशुश भयो ।
घरेलु फुटबलमा नकआउट प्रतियोगिता भईरहेका थिए । तर क्लबबाट म खेल्न गईन । अब दुई, तीन बर्ष लिग खेल्छु भन्ने योजना बनाएको छु । लिग फुटबलपछि टाढा रहन सक्दिन । कोचिङ लाईसेन्स गरेर आफुले जानेका कुरा साना भाई बहिनीलाई सिकाउनेछु । एउटा एकेडेमी खोल्ने सोच बनाएको छु ।

प्रशिक्षक बन्ने सोच हो ?

प्रशिक्षक भन्नाले राष्ट्रिय टिम हेर्ने तरिकाको होईन, एकेडेमी चलाउने मात्र हो । हामी दुई चार जनाको टोली छ । एउटा मैदान लिएर एकेडेमी खोल्ने योजना छ । योजना सफल भए, जिवन फुटबलमा रहिरहन्छ ।

जिन्दगीलाई फर्केर हेर्दा ?

१६ बर्षको उमेरबाट ब्यवसायीक फुटबल खेल्न शुरु गरे । जिवनमा फुटबल बाहेक अरु केही जानिन । अब ३२ बर्षको उमेरपछि फुटबल बाहेक अन्य काम गर्दा शुन्यबाट सुरु गर्न पर्छ । एक कक्षा पढे जसरी सुरुवात हुन्छ । मैले जिवनमा फुटबल बाहेक अरु सोचिन, न कहिल्यै व्यवसाय गर्ने प्रयास गरे । कुनै कामको तयारी समेत गरिन । फुटबलमा केन्द्रित भए । अरु काम सुरु गर्दा अब शुन्यबाट गर्न पर्छ । तर मैले जानेको बुझेको सबै फुटबल हो ।

फुटबल करियरको मुल्याङ्कन ?

पढ्दै थिए । फुटबल खेल्ने इच्छा थियो । मेहेनत गरे । एक मनले फेरी ती दिन फर्किएर आओस भन्ने लाग्छ । तर त्यो फर्किदैन भन्ने थाहा छ । एक पछि अर्को गर्दै अगाडी बढे, कहिल्यै फर्केर हेर्न परेन । अब कसरी फुटबल जिवनलाई सन्तुलित बनाउने भन्नेमात्र चिन्ता छ । फुटलब करियर एकदमै राम्रो बन्यो । कुनै समय पैसा भन्दा खेल्न पाए हुन्थ्यो भन्ने मात्र थियो । त्यही कारणले जिवनमा सफल भए भन्ने लाग्छ ।

नयाँ पुस्ताका खेलाडी कस्ता ?

काठमाडौंको ब्रिगेड ब्वाईजबाट फुटबल खेल्दा एक म्याचको ५ सय लिन्थे । एक लिगको १२ म्याचको बोनस सहित नौ हजार पुग्थ्यो । त्यो पैसाले पनि सन्तुष्टि दिन्थ्यो । खेल्दै जादाँ नेपालको सर्वाधिक पारिश्रमिक पाउने खेलाडी समेत बने ।
अहिलेका खेलाडीले आफ्नो खेल प्रदर्शन भन्दा बढी पैसा पाइरहेको छ । प्रर्दशन कस्तो छ, थाहा छैन । धेरै डिमाण्ड गर्छन । धेरै पैसा पाउदाँ नयाँ खेलाडीको हाउ भाउ फरक भयो । खेलमा भन्दा बाहिरी जिवनमा धेरै हिड्न खोज्यो ।
जुन कुरा फुटबलले दिएको छ, त्यही चिजमा खेलाडीको ध्यान गएन । सिनियरलाई सम्मान छैन । स्टारडमको दम्भ राख्छन् । केही समय स्टार होलान तर पुरै जिवन राम्रो हुने देखिदैन ।
जुनियर भाईहरुलाई भन्न चाहन्छु, जुन कुराले यहाँ सम्म ल्यायो, त्यसलाई कहिल्यै नर्बिस । फुटबल खेलेर पैसा कमाईन्छ । कसैले धेरै कमाउला, कसैले थोरै । तर जुन कुराले सबै चिज दिएको छ, त्यही कुरालाई नर्बिस भन्ने हो ।

नेपाली फुटबल कता जादैछ ?

सुरुवात समयमा लिग खेल्ने बेलामा नेपाली फुटबल राम्रो थियो । फुटबल एकपछि अर्को खुट्किलो अगाडी बढेको थियो । धेरै फड्को मार्छ भन्ने वातावरण थियो । वरियतामा नेपाल १ सय ३२ स्थान सम्म आएको थियो । फुटबलको स्थान हामीले सुधार गरेका थियौ । फुटबल राम्रो हुँदै जाओस् भन्ने सोच हो । तर नेपाली फुटबल पछाडी धकेलिदैछ । किनकी फुटबलमा राजनीति धेरै छ ।
अहिले फुटबल खेलाउन, खेल्ने काम त जारी छ । तर नेपाली फुटबलले गति पाउन सकेको छैन । चार, पाँच बर्ष लिग रोकियो । त्यसको प्रभाव नेपाली फुटबलमा दिर्घकालिन रुपमा पर्नेछ । त्यही कारण धेरै खेलाडी बिदेश गए । नेपाली फुटबललाई राम्रो गर्न अझै धेरै समय लाग्छ । पहिला हामी दक्षिण एसियामै उत्कृष्ट हुन पर्छ । हामीले दक्षिण एसियामा अहिलेसम्म सर्वश्रेष्ठ नतिजा निकाल्न सकेका छैनौ ।


नेपाली फुटबलले दशरथ रंगशालालाई कत्तिको मिस गर्छ ?

त्रिपुरेश्वरको बाटो हिडे भने हरेक पटक मेरा आखाँ दशरथ रंगशालातिर दौडन्छ । भित्र काम भएको छ, छैन भन्नेमा ध्यान जान्छ । रंगशाला कहिले बन्ला भन्ने लाग्छ । दशरथ रंगशाला खेलेपछि खेलाडीले देशकालागि खेलेको आभाष पाउछ । समर्थकको साथ म अहिलेपनि मिस गर्छु । धेरै नयाँ खेलाडीले रंगशालामा खेल्न पाएको छैन । त्यो दुर्भाग्य हो । सायद राज्यले ध्यान दिएन ।

(खेलपाटीकर्मी दिपेश तिमल्सेना र हिम बिक्रम केसीसंग गरेको कुराकानीमा आधारित )

तस्वीर : आकाश खड्का

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको