शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Loading ad...
Bhat Bhateni Supermarket Ad

मंगोलियनलाई खुल्ला जुनियर जुडोको उपाधि

शनिबार, ०६ फाल्गुण २०७९बिक्रम बुढा क्षेत्री
मंगोलियनलाई खुल्ला जुनियर जुडोको उपाधि
Loading ad...
mustang rice ad

बाँके । बाँकेको खजुरामा सम्पन्न ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ को उपाधि आयोजक मंगोलियन जुडो डोजोले जितेको छ । आयोजकले ८ स्वर्ण, ५ रजत र ६ कास्यसहित प्रतियोगिताको उपाधि हात पारेको हो ।

त्यस्तै प्रतियोगितामा बाँकेकै कम्दी जुडो डोजो दोस्रो भएको छ । कम्दीले ४ स्वर्ण र ७ रजत र ३ कास्य जितेको छ ।

तेस्रो बनेको दाङ जुडो डोजोले ४ स्वर्र्णसहित १ रजत र ४ कास्य जितेको छ ।

त्यस्तै कैलाली जुडो डोजोले २ रजत र ५ कास्यमात्र जितेको छ भने कन्चनपुर जुडो डोजोले १ कास्य मात्र जित्न सफल भएको छ ।

पोखरा जुडो डोजोले भने १ रजत र ४ कास्य जितेको छ ।

प्रतियोगितामा मंगोलियन जुडो डोजोकी दिक्षा मगर र दाङ जुडो डोजोका सुमित केसी सर्वोत्कृष्ठ खेलाडी घोषित भए । उनीहरुले नगद २ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई प्रमुख अतिथि एवम् खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, ज्ञानोदय नमुना माविका प्रअ ऋषिराम सापकोटालगायतले पुरस्कृत गरे ।  

शुक्रबारदेखि खजुरा गाउँपालिकाको सहकार्यमा मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।

प्रतियोगितामा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशबाट बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, महेन्द्रनगर, धनगढी, कास्कीलगायतका जिल्लाबाट ९ टिमले सहभागिता रहेको थियो । प्रतियोगितामा करिब १ सय ५० खेलाडी र १८ जना अफिसियलको सहभागिता थिए ।

प्रतियोगितामा आयोजकले सहमागी टिमलाई निःशुल्क खाना र आवासको व्यवस्था गरेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ८ विधामा ३० केजीदेखि ६० केजी र ओपन खेलहरु खेलाइएको थियो भने महिलातर्फ पनि ८ विधामा ३२ केजीदेख ५७ र ओपन खेलहरु खेलाइएको थियो । साथै प्रतियोगितामा २५ केजीतर्फको पनि खेल खेलाइने छ ।

Loading ad...
LiNing Ad
मंगोलियनलाई खुल्ला जुनियर जुडोको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको