एलए र लोयल्टी फाइनलमा
बिहिबार, १८ फाल्गुण २०७९खेलपाटी संवाददाता
काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) र आयोजक लोयल्टी एकेडेमी ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखटारस्थित आयोजक लोयल्टीको मैदानमा एलएले विद्या संस्कारलाई १–० गोलले पराजित गर्यो । एलएका अमृत बानियाँले निर्णायक गोल गरे । विद्या संस्कारका सुवास तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
लोयल्टीले त्रिज्योतिलाई ३–० गोलले हरायो । लोयल्टीका साहिल राई र रोसिश अधिकारीले समान १–१ गोल गरे । एक गोल आत्माघाती थियो ।
त्रिज्योतिका कृष्चल यमयम ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल खेल शुक्रबार हुनेछ ।
एलए र लोयल्टी फाइनलमा











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
