१३ औं राष्ट्रपति रनिङ शिल्ड सुरु
1681228935.jpg&w=3840&q=75)
विरानगर । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री आचार्यले बालबालिकाका लागि यस्तो मौसममा खेलकुद गर्न नहुने बताए । उनले बालबालिका अनुकूलको मौसम नभएको हुँदा आयोजकहरुले खेल तालिकालाई परिवर्त गर्नुपर्छ ।
चैत, वैशाखभन्दा अघि नै यस्तो खेलकुदका कार्यक्रम गरे लक्षित गरिएको बालबालिकालाई सहज हुने थियो । सरकार खेलकुदको विकासका लागि काम गर्दै आएको छ । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा संरचना बनाएर खेलको विकास गर्दै आएको छ ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेवलगायतले शुभकामना व्यक्त गरेका थिए ।
मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ चैत ३० गतेसम्म हुनेछ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । जिल्लाको १४ पालिकाबाट १ हजार जना खेलाडीको सहभागिता रहेको छ ।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


