शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मीका मुकेशलाई उपाधि

शुक्रबार, ०१ बैशाख २०८०खेलपाटी संवाददाता
आर्मीका मुकेशलाई उपाधि
Loading ad...
mustang rice ad

कैलाली ।  नयाँ वर्षको अवसरमा कैलालीको धनगढीमा हुदैं आएको धनगढी हाफ म्याराथनको नवौं संस्करणको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन् ।

धनगढी जेसिजको आयोजनामा शुक्रबार भएको धनगढी हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै पालले उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार समेत प्राप्त गरेका छन् ।

यस्तै नेपाल आर्मीकै नरेन्द्र सिंह रावलले दोस्रो स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दुरी १ घन्टा ७ मिनेट २३ सेकेन्डमा पुरा गरे । दोस्रो भएका रावलले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ हात पारे । ‘अब धनगढी दौडिन्छ‘ भन्ने नाराका साथ भएको धनगढी हाफ म्याराथुनमा सन्तोष बिक्रम बिष्ट तेस्रो भएका छन । उनले निर्धारित दुरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा पुरा गरे । नगद २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथुनमा झण्डै चार सय धावकहरुको सहभागीता रहेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।

यस्तै महिला तर्फ भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्धितीय र नेहा खड्का तृतीय भए । उनीहरुले क्रमशः ५, ५५५, ३,३३३ र २,२२२ नगद प्राप्त गरे । त्यसैगरी कर्पोरेट तथा मिडिया तर्फ काशिराम मण्डल पहिलो, उमेश विक्रम मगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए । उनीहरुले पनि क्रमशः ५, ५५५, ३,३३३ र २,२२२ नगद प्राप्त गरे ।

प्रतियोगितामा अपांगता भएका व्यक्तीहरुका लागि ट्राई साईकल दौड राखिएको थियो । त्यसमा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए । गोलाप्रथाद्धारा सहभागीताहरुलाई विभिन्न उपहारहरु पनि प्रदान गरिएको थियो ।

धनगढी हाफ म्याराथनको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे भने प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले विजयीलाई पुरस्कार वितरण गरे ।

धनगढी जेसिजले प्रत्येक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Loading ad...
LiNing Ad
आर्मीका मुकेशलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत