शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

धिर र गणनालाई अन्नपूर्ण म्याराथनको उपाधि

शनिबार, २० जेठ २०८०खेलपाटी संवाददाता
धिर र गणनालाई अन्नपूर्ण म्याराथनको उपाधि
Classic Tech Internet Ad

पोखरा । तेश्रो अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका धिरबहादुर बुढा र गणना भण्डारीले जितेका छन् ।

अन्नपूर्ण सेञ्चुरी महोत्सब अन्तर्गत शनिबार सम्पन्न ४२.१९५ किमि दौडमा पुरुष तर्फ जुम्लाका धिरबहादुर र महिलातर्फ जुम्लाकै गणना भण्डारीले जितेका छन् ।

विश्वकै कठिन रुट अन्नपूर्ण हिमालको काखबाट सुरू भएको दौड धिरबहादुरले ४ घन्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गरेको प्रतियोगिताका मुख्य निर्णायक चन्द्र गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । निकै प्रतिस्पर्धात्मक रहेको प्रतियोगितामा धिरबहादुरले नेपाल आर्मीका होमलाल श्रेष्ठलाई २ मिनेट ३२ सेकेण्डले पछि पारेका थिए ।

नेपाल आर्मीका होमलालले ४ घन्टा १२ मिनेट १९ सेकेण्डमा दुरी पार गरी दोश्रो स्थान प्राप्त गर्न सफल भए भने नेपाल आर्मीकै बेद बहादुर सुनुवारले ४ घन्टा १६ मिनेट ४८ सेकेण्डमा दुरी पार गरी तेश्रो भएका छन् ।

महिला तर्फ पहिलो स्थान हुने क्रममा गणनाले ५ घन्टा ४३ मिनेट ०२ सेकेण्डमा दुरी पार गरिन् । त्यस्तै धादिङकी रशिला तामाङले ६ घन्टा ५ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो स्थान प्राप्त गर्दा ओखलढुङ्गाकी चोकी शेर्पाले ६ घन्टा ११ मिनेट १६ सेकेण्डमा दौड पुरा गरी तेश्रो भएकी छन् ।

म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार प्राप्त गरे । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न भएको हो । म्याराथन प्रतियोगितामा ९ महिला र ४० पुरुष गरी ४९ धावकको सहभागिता रहेको थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सञ्चालन भइरहेको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । 

Bajaj Pulsar Motorcycle Ad
धिर र गणनालाई अन्नपूर्ण म्याराथनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Bajaj Pulsar Motorcycle Ad
एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक