शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पहिलो सिजनमै चर्च ब्वाइज 'ए' लिग च्याम्पियन  

मंगलबार, २३ जेठ २०८०खेलपाटी संवाददाता
पहिलो सिजनमै चर्च ब्वाइज 'ए' लिग च्याम्पियन  
Loading ad...
mustang rice ad

काठमाडौं । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो ।  यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो ।  

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो। तर, दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । 

खेलको १६ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बु गोल गर्न चुके । चर्च ब्वाइजका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा सिक्स यार्ड बक्स भित्रबाट लाकेनको फितलो प्रहार गोलकिपर प्रिसोले बचाए ।

खेलको १७ औं मिनेटमा चर्च ब्वाइजका अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर थ्री स्टारका गोलकिपर अरुण ब्लोनले उत्कृष्ट बचाऊ गरे ।

२१ औं मिनेटमा थ्री स्टारका मार्टिन अजयीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका अन्जन विष्टको फ्रिकिक थ्री स्टारका गोलकिपर अरुणले बचाए ।

लगत्तै ३७ औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा चर्च ब्वाइजका अनन्त तामाङको हेडर प्रहार पनि थ्री स्टारका गोलकिपर अरुणले उत्कृष्ट बचाऊ गरे ।

चर्च ब्वाइजले 'ए' डिभिजन लिगमा बढुवा भएकै सिजन 'ए' डिभिजन लिगको उपाधि जितेको हो ।

चर्च ब्वाइजले 'बी' लिगबाट बढुवा भएकै सिजन 'ए' डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको  कीर्तिमानसँग बराबरी गरेको छ ।

मनाङले २०४२ सालमा 'बी' लिग र ०४३ सालमा 'ए' डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो  । ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानमा बराबरी गरेको हो । 

यस्तै बाल गोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहदै उपाधिमा कब्जा जमाएको छ ।

नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक महर्जनले प्रशिक्षकको रुपमा पहिलो पटक 'ए' डिभिजन लिगको उपाधि जितेका हुन् ।

खेलाडीको रुपमा महर्जनले थ्री स्टारबाट एक पटक लिगको उपाधि जितेका थिए ।

चर्च ब्वाइजको यो १३ औं जित हो । चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ ।

मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ ।  

थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

थ्री स्टारलाई रेलिगेसनबाट जोगिन अन्तिम खेल महत्वपूर्ण रहेको छ । 

 

Loading ad...
LiNing Ad
पहिलो सिजनमै चर्च ब्वाइज 'ए' लिग च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत