सातदोबाटोले जावलाखेललाई हरायो
मंगलबार, २३ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सातदोबाटोले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
सातदोबाटोको जितमा सार्दोरबेक मतमुरातोभले निर्णायक गोल गरे ।
सार्दोरबेकले खेलको ७४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
सातदोबाटोको यो दशौँ जित हो । सातदोबाटोले २५ खेलमा ३५ अंक जोडेको छ ।
सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।
जावलाखेलले २५ खेलमा ३७ अंक जोडेको छ ।
जावलाखेल चौंथो स्थानमा रहेको छ ।
सातदोबाटोले जावलाखेललाई हरायो






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
