नेपाल राष्ट्रिय माबिलाई उपाधि

निजगढ । निजगढ नगर स्तरिय अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय रतनपुरिले जितेको छ ।
बिहीबार भएको फाइनलमा श्री बकैया ठाकुर माध्यमिक बिद्यालय खयरघारिलाई २-० गोल अन्तरले पराजित गर्दै ने रा मा बि रतनपुरिले उपाधि जितेको हो ।
ने रा मा बि को जितमा खेलको १४ औं मिनेटमा वसन्त थोकरले गोल गर्दै अग्रता दिलाएका थिए । बकैया ठाकुर मा बि लाई खेल अवधिभरि दबाबमा राखेको ने रा मा बि का कर्मा मोक्तानले २३ औं मिनेटमा गोल गर्दै २-० को जित दिलाए ।
फाइनल खेलको म्यान अफ द म्याच ने रा मा बि का वसन्त थोकर भए । प्रतियोगिताको अनुशासित टिम नेपाल राष्ट्रिय आधारभुत बिद्यालय निजगढ,उच्च गोलकर्ता ने रा मा बि रतनपुरिका कर्मा मोक्तान ( ४ खेलमा ३ गोल ),प्रतियोगिताको उत्कृष्ट गोलरक्षक ने रा मा बि का निरज बहादुर थिङ र प्रतियोगिताको उत्कृष्ट खेलाडी ने रा मा बि का बिक्रम वाइबा भए ।
प्रतियोगिताको बिजेता ने रा मा बि ले उपाधिसहित २० हजार रुपैयाँ प्राप्त गर्यो भने उपबिजेता बकैया ठाकुर मा बि ले १० हजार रुपैयाँ प्राप्त गर्यो ।
निजगढ फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भरतगन्ज सिङ्गौल,श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय निजगढ,श्री सार्वजनिक माध्यमिक बिद्यालय बाघदेब,श्री गौरीशंकर माध्यमिक बिद्यालय सडकटोल,बिध्यासागर माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल निजगढ ७,श्री गौरीशंकर माध्यमिक बिद्यालय सहिद चोक,श्री बकैया ठाकुर माध्यमिक बिद्यालय खयरघारी,होलि एन्जल्स माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल निजगढ ९,श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लाल,श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय रतनपुरी र आयोजक निजगढ फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।
निजगढ नगरपालिका वडा नम्बर ९ स्थित चाइनिज क्याम्पमा सम्पन्न प्रतियोगिताको उद्घाटन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरिले गरेका थिए।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)