प्रथम ब्रम्ह कुञ्ज जुनियर फुटसल प्रतियोगिता सुरु
मंगलबार, १९ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौँ ब्रम्हखेल स्थित ब्रम्ह कुञ्ज विद्यालयले प्रथम अन्तर बिद्यालय जुनियर फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ ।
कूल ३२ टोली सहभागि जनाएको फुटसल प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
उमेर समूहमा खेलाइने प्रतियोगिताले फुटबलको विकास गरी बिद्यार्थीको मानसिक, शारीरिक तथा सामाजिक विकास साथै भर्चअल वर्डबाट टाढा राख्नेमा आयोजकले विश्वास व्यक्त गरेको छ ।
प्रतियोगिताको पहिलो दिन दिन ४ समूहको २४ खेल सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन विद्यालयका प्रधानाध्यापक अनिल पण्डित ज्युबाट गरिएको थियो ।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)